सीमा नाकामा लक्षण देखिए मात्र कोरोना परीक्षण गरिने


सीमा नाकामा लक्षण देखिए मात्र कोरोना परीक्षण गरिने

नेपालगन्ज ६ चैत्र : नेपाल प्रवेश गर्दा अबदेखि खोप नलगाएका र लक्षण देखिएकाको मात्र कोरोना परीक्षण हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको हो ।

सरकारले पूर्ण खोप लगाएका तथा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण नदेखिएकाहरुको भने स्वास्थ्य परीक्षण नगर्ने व्यवस्था गरेको छ ।

योसंगै अब सीमा नाकामा रहेको हेल्थ डेस्कहरुमा कोभिड–१९ को पूर्ण खोप नलगाएका र कोभिड– १९ संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै पूर्ण खोप नलगाएका ५ वर्ष माथिका बालबालिकामा पनि लक्षण देखिएमा नाकामा परीक्षण हुने छ ।