अल्पाइन कलेजका ८ औं ब्याचका विद्यार्थी दीक्षित


अल्पाइन कलेजका ८ औं ब्याचका विद्यार्थी दीक्षित

नेपालगन्ज १३ चैत्र : नेपालगन्जको अल्पाइन म्यानेजमेन्ट कलेजबाट ३६ जना विद्यार्थी दीक्षित भएकाछन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अल्पाइनले विगत १३ वर्षदेखि नेपालगन्जमा म्यानेजमेन्ट अध्यापन गराइरहकोछ ।

नेपालगन्ज स्थित होटल स्टार लाइटमा भएको दीक्षित विद्यार्थी र उनका अभिभावकको सहभागिता दीक्षान्त कार्यक्रममा गरिएको हो ।

अल्पानइन कलेजका दीक्षित हुने यो ८ औं ब्याच हो । सन् २००९ मा स्थापना भएको कलेजले हालसम्म ४ सय बढि विद्यार्थीलाई अध्यापन गराइसकेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

अल्पाइन म्यानेजमेन्ट कलेजको १७ औं दीक्षान्त समारोहमा ५० जना विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम भएपनि आईतबार ३६ विद्यार्थी उपस्थित भएका थिए ।

दीक्षान्त समारोहका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका पूर्व डिन डाक्टर गोविन्द लामिछाने, अल्पाइन म्यानेजमेन्ट कलेजका अध्यक्ष इन्जिनियर किरणबहादुर शाह, सञ्चालक सदस्य सञ्जय सिंह, प्रिन्सिपल केशव प्रसाद पथिक र प्रोफेसर डाक्टर वेदराज केसी लगायतले विद्यार्थीलाई दीक्षित गरेका थिए ।

कलेजकी प्रतिक्षा गौतम र सुशील नेपालीले सञ्चालन गरेको कार्यक्रममा कलेजका प्राचार्य केशवप्रसाद पथिकले अतिथिहरुलाई खादा ओढाई स्वागत गरेका थिए । दीक्षित हुने विद्यार्थीलाई कलेजले सपथ ग्रहण समेत गराएको थियो ।

प्रमुख अतिथि पोखरा विश्वविद्यालयका पूर्व डिन डाक्टर गोविन्द लामिछाने र कलेजका अध्यक्ष ईन्जिनियर किरणबहादुर शाहले डिन लिष्टमा परेका विद्यार्थीहरु जग्दिश्वरी शाह, माया सुनार, फरीन फातिमा हल्वाई, पिलाडेल रत्न चक्मा(ऋषभ) लाई कदर पत्र प्रदान गरेका थिए ।

धन्यबाद मन्तब्य दिदै कलेजका प्राचार्य डाक्टर बेदराज केसीले अल्पाईन स्थापनासंगै म्यानेजमेन्ट अध्ययनका लागि पोखरा, बुटवल धाउनुपर्ने समस्याको अन्त्य भएको बताए ।

प्राचार्य डाक्टर केसीले विगत सम्झिदैँ कलेज सञ्चालनको पहिलो ब्याचका विद्यार्थी डिन लिष्टमा पर्न सफल भएर पश्चिम नेपालमा कलेजले गर्विलो ईतिहास कायम गरेको स्मरण गरे ।

‘विद्यार्थीको प्रगतिमा शिक्षकले गर्व गर्दछन्, त्यो गर्व गर्ने अवस्था अल्पाइनले बनाएकोछ’, प्राचार्य डाक्टर केसीले –‘कलेज स्थापनाको १३ वर्षमा नमुना कलेज निर्माणमा अघि बढ्दै गएको र निकट भविष्यमा एमविए अध्यायपन गराउने तयारी रहेको बताए ।’

व्यवस्थापन संकायको अध्यापन गराउने अल्पाइन कलेज नेपालगन्जको पुरानो कलेज हो ।

तस्विरहरु सबै विजय मल्ल /सेतोखरी