नेपालगन्ज १३ चैत्र : नेपालगन्जको अल्पाइन म्यानेजमेन्ट कलेजबाट ३६ जना विद्यार्थी दीक्षित भएकाछन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अल्पाइनले विगत १३ वर्षदेखि नेपालगन्जमा म्यानेजमेन्ट अध्यापन गराइरहकोछ ।
नेपालगन्ज स्थित होटल स्टार लाइटमा भएको दीक्षित विद्यार्थी र उनका अभिभावकको सहभागिता दीक्षान्त कार्यक्रममा गरिएको हो ।

अल्पानइन कलेजका दीक्षित हुने यो ८ औं ब्याच हो । सन् २००९ मा स्थापना भएको कलेजले हालसम्म ४ सय बढि विद्यार्थीलाई अध्यापन गराइसकेकोछ ।
अल्पाइन म्यानेजमेन्ट कलेजको १७ औं दीक्षान्त समारोहमा ५० जना विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम भएपनि आईतबार ३६ विद्यार्थी उपस्थित भएका थिए ।

दीक्षान्त समारोहका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका पूर्व डिन डाक्टर गोविन्द लामिछाने, अल्पाइन म्यानेजमेन्ट कलेजका अध्यक्ष इन्जिनियर किरणबहादुर शाह, सञ्चालक सदस्य सञ्जय सिंह, प्रिन्सिपल केशव प्रसाद पथिक र प्रोफेसर डाक्टर वेदराज केसी लगायतले विद्यार्थीलाई दीक्षित गरेका थिए ।
कलेजकी प्रतिक्षा गौतम र सुशील नेपालीले सञ्चालन गरेको कार्यक्रममा कलेजका प्राचार्य केशवप्रसाद पथिकले अतिथिहरुलाई खादा ओढाई स्वागत गरेका थिए । दीक्षित हुने विद्यार्थीलाई कलेजले सपथ ग्रहण समेत गराएको थियो ।

प्रमुख अतिथि पोखरा विश्वविद्यालयका पूर्व डिन डाक्टर गोविन्द लामिछाने र कलेजका अध्यक्ष ईन्जिनियर किरणबहादुर शाहले डिन लिष्टमा परेका विद्यार्थीहरु जग्दिश्वरी शाह, माया सुनार, फरीन फातिमा हल्वाई, पिलाडेल रत्न चक्मा(ऋषभ) लाई कदर पत्र प्रदान गरेका थिए ।

धन्यबाद मन्तब्य दिदै कलेजका प्राचार्य डाक्टर बेदराज केसीले अल्पाईन स्थापनासंगै म्यानेजमेन्ट अध्ययनका लागि पोखरा, बुटवल धाउनुपर्ने समस्याको अन्त्य भएको बताए ।

प्राचार्य डाक्टर केसीले विगत सम्झिदैँ कलेज सञ्चालनको पहिलो ब्याचका विद्यार्थी डिन लिष्टमा पर्न सफल भएर पश्चिम नेपालमा कलेजले गर्विलो ईतिहास कायम गरेको स्मरण गरे ।
‘विद्यार्थीको प्रगतिमा शिक्षकले गर्व गर्दछन्, त्यो गर्व गर्ने अवस्था अल्पाइनले बनाएकोछ’, प्राचार्य डाक्टर केसीले –‘कलेज स्थापनाको १३ वर्षमा नमुना कलेज निर्माणमा अघि बढ्दै गएको र निकट भविष्यमा एमविए अध्यायपन गराउने तयारी रहेको बताए ।’

व्यवस्थापन संकायको अध्यापन गराउने अल्पाइन कलेज नेपालगन्जको पुरानो कलेज हो ।

तस्विरहरु सबै विजय मल्ल /सेतोखरी
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’