‘एस’ भन्ने पार्टी बाँकेमा ‘फुस’, पाँचदलीय गठबन्धनले जिते विदेशी षड्यन्त्र सफल हुन्छ : ओली
नेपालगन्ज २४ चैत्र : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकिकृत समाजबादी बाँकेको पिल्लर भत्काएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको प्रमुख आतिथ्यतामा नेपालगन्जमा भएको एक कार्यक्रममा नेकपा समाजबादी पार्टी बाँकेको पिल्लरका रुपमा परिचित युवा नेता किशोर थापा सहित ठूलो संख्या एमालेमा प्रवेश गराइएको हो ।
थापा युवा संघको लुम्बिी प्रदेश अध्यक्ष र समाजवादी पार्टीका जिल्ला उपसचिव थिए । उनको नेतृत्वमा बैजनाथ, खजुरा र जानकी गाउँपालिकाका प्रभावशाली युवाहरु पनि पुरानै पार्टीमा एमालेमा फर्केकाछन् ।
योसंगै नेकपा एकिकृत समाजबादी बाँकेलाई ठूलो झट्का लागेकोछ । स्थानीय तह निर्वाचनको संघारमा नेकपा एस बाँकेको प्रभावशाली युवा नेता एवम उपसचिव थापा सहित ४४ जनाको जिल्ला कमिटि सदस्यसहित ४८७ जनालाई नेकपा एमालेमा समाहित गरिएको हो ।
सोही कार्यक्रममा डुडुवा गाउँपालिकाकी नेतृ सरोजकुमारी यादव पनि एमाले प्रवेश गरेकीछन् । पूर्व गाविस अध्यक्ष रहेकी उनी राजनीतिमा शक्तिशाली मानिन्छिन् । उनको एमाले प्रवेशले विशेष अर्थ राख्दछ ।
नेकपा एकीकृत समाजवादीका धेरै नेताहरुलाई एमालेमा प्रवेश गराएका एमाले अध्यक्ष ओलीले ‘एस’ भन्ने पार्टी बाँकेमा ‘फुस’ भएको टिप्पणी गरे ।
पार्टी प्रवेशपछि उत्साहित अध्यक्ष ओलीले गठबन्धनलाई धुलो चटाउने बताए । अहिलेको सरकार विदेशी प्रतिक्रियाबादीहरुको गठजोड भएको उनको आरोपछ ।
विदेशी प्रतिक्रियाबादीको गठजोड गठबन्धन सरकारका विरुद्ध जनताले मत दिनुपर्ने उनले बताए । उनले जतिसक्यो यो सरकारलाई छिटो विदाई गर्नुपर्ने अन्यथा देशलाई खोक्रो बनाउने दावि गरे ।
ओलीले आगामी चुनावमा पाँचदलीय गठबन्धनलाई हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र सफल हुने बताए ।
एमाले बाँकेले नेपालगन्जमा बिहीबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘प्रतिक्रियावादी शक्तिहरु, दलाल पूँजीवाद भने पनि यिनै पाँचदलीय गठबन्धन हुन् । यिनलाई हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु सक्रिय हुन्छन् । देश फेरि पछाडि पर्छ ।’
उनले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको बताए । उनले भने, ‘एमाले सरकारबाट हटेपछि अर्थतन्त्र ध्वस्त भएको छ । लगानी गर्ने पूँजी छैन । उद्योगी व्यवसायीलाई ऋण दिने पैसा छैन । लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन । देशलाई झन् गरीब हुनबाट बचाउन सकिँदैन । देशको लोकतन्त्र र विकास निर्माणको काम ध्वस्त हुनेछ । यी सबै समस्याबाट पार लगाउन आगामी चुनावमा एमालेलाई जिताउनु पर्छ ।’
सोही अवसरमा ओलीले हालै बाँकेको नरैनापुरमा आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक–एक लाख रुपैयाँ दिने घोषणा गरे ।
नेपालगन्जमा भएको कार्यक्रम पश्चात उनी बर्दियाको गुलरियामा आयोजित एमालेको भातृ संगठन नेपाल भूमीहिन सुकुम्बासी संगठनको प्रथम केन्द्रिय महाधिबेशनको उद्घाटन गर्न पुगेका थिए ।
यसअघि कर्णाली प्रदेशका विभिन्न जिल्लामा पार्टीको कार्यक्रमका लागि जाँदा नेपालगन्ज आएका थिए । सो बेला राप्रपका महामन्त्री एवम नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका डाक्टर धवल शम्सेर राणासंग आगामी चुनावी तालमेलाका लागि वान टू वान वार्ता गरेका थिए । नेपालगन्जमा भएको ओली र राणाको भेटवार्ताले राष्ट्रिय राजनीतिमा समेत तरङ्ग ल्याएकोछ ।
थप समाचार
‘निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल हुने’
एमाले र राप्रपाबीच तालमेल भए नेपालगन्जको कस्तो होला चुनावी नतिजा ?
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’