एमाले र राप्रपाबीच तालमेल भए नेपालगन्जको कस्तो होला चुनावी नतिजा ?


एमाले र राप्रपाबीच तालमेल भए नेपालगन्जको कस्तो होला चुनावी नतिजा ?

नेपालगन्ज १९ चैत्र : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री डाक्टर धवल शम्शेर राणाबीच भएको भेटवार्ताले यतिबेला नेपाली राजनीतिमा गरमागर्र्मी बढेकोछ ।

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेट र चुनावी तालमेल लगायतका विषयमा आ–आफ्नै अड्कालबाजी भइरहेकाछन् । यद्यपी एमालेले अझैं निर्णय गरिसकेको छैन ।

त्यसो त राप्रपाले अगामी निर्वाचनका लागि तालमेल गर्ने उचित दलको खोजीमा छ । एकता महाधिवेशनपछि हार स्वीकार्न नसकेर कमल थापाले एउटा पंक्तिसहित पार्टी छाडेपछि राप्रपा केही दबाबमा छ ।

राजेन्द्र राप्रपाको नेतृत्वमा आए लगत्तै आसन्न निर्वाचनलाई मध्यनजर गरि स्थानीय आवश्यकता र विशेषता हेरेर चुनावी तालमेल गर्ने तयारी गरिरहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

उसले निर्वाचनमा जित्ने धेरै ठाउँ रहेको दावि गर्दै निर्वाचन परिणाम बढी भन्दा बढी आफ्नो पक्षमा पार्न तालमेल उपयोगी हुने भन्दै विचार मिल्ने र यसअघि सहकार्य गरेका दलहरूसँग छलफललाई तिव्र बनाएकोछ ।

बिहीबारको भेटमा स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने विषयमा प्रारम्भिक छलफल भएको छ,’ राप्रपाका सहायक महामन्त्री ऋषीराज देवकोटाले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने पनि दुई नेताबीच सहमति भएको छ । आशा गरौं सकारात्मक परिणाम आउनेछ ।’

२०७४ को निर्वाचनमा नेपालगन्ज उपमहानगरको मेयरमा तीन ठूला दललाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका डाक्टर धवलशमशेर राणा विजयी भएका थिए । उनले १२ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका डाक्टर सुरेश कुमार कनोडियाले ८ हजार ७३० मतमात्र प्राप्त गरेका थिए । माओवादी केन्द्रका स्वर्गीय नेता दामोदर आचार्यले ७ हजार १९८ मत र एमालेका समसुद्दीन सिद्दिकीले ६ हजार ९६५ मत पाएका थिए ।

यहाँ काँग्रेस र माओवादी केन्द्रको मत मिसाउँदा १५ हजार ९२८ हुन्छ, जुन राप्रपाले पाएको मत तथा एमालेले पाएको मतभन्दा धेरै हो । यदि राप्रपा र एमालेको मत मिसाउने हो भने १९ हजार ४८० हुन्छ जुन माओवादी केन्द्र र काँग्रेसले पाएको मतभन्दा ३ हजार ५५२ मत बढी हो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पदमा काँग्रेसकी उमा थापा मगर १० हजार ७३१ मत ल्याएर विजयी भएकी थिइन् । राप्रपाकी रमा रानी गुप्ताले ८ हजार ९२४ मत ल्याएकी थिइन् । यस्तै एमालेकी शान्तिदेवी ढकालले ७ हजार ७७३ मत र माओवादी केन्द्रकी कलामुन अन्सारीले ७ हजार ६७ मत ल्याएकी थिइन् ।

थप समाचार

‘निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल हुने’

धवलले मैदान छोडेपछि को बन्छ नेपालगन्जको मेयर ?

निर्वाचनको मुखमा धवलको उद्घोषः ‘मेयरमा अब लड्दैन’