नेपालगन्ज १९ चैत्र : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री डाक्टर धवल शम्शेर राणाबीच भएको भेटवार्ताले यतिबेला नेपाली राजनीतिमा गरमागर्र्मी बढेकोछ ।
एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेट र चुनावी तालमेल लगायतका विषयमा आ–आफ्नै अड्कालबाजी भइरहेकाछन् । यद्यपी एमालेले अझैं निर्णय गरिसकेको छैन ।
त्यसो त राप्रपाले अगामी निर्वाचनका लागि तालमेल गर्ने उचित दलको खोजीमा छ । एकता महाधिवेशनपछि हार स्वीकार्न नसकेर कमल थापाले एउटा पंक्तिसहित पार्टी छाडेपछि राप्रपा केही दबाबमा छ ।
राजेन्द्र राप्रपाको नेतृत्वमा आए लगत्तै आसन्न निर्वाचनलाई मध्यनजर गरि स्थानीय आवश्यकता र विशेषता हेरेर चुनावी तालमेल गर्ने तयारी गरिरहेकोछ ।
उसले निर्वाचनमा जित्ने धेरै ठाउँ रहेको दावि गर्दै निर्वाचन परिणाम बढी भन्दा बढी आफ्नो पक्षमा पार्न तालमेल उपयोगी हुने भन्दै विचार मिल्ने र यसअघि सहकार्य गरेका दलहरूसँग छलफललाई तिव्र बनाएकोछ ।
बिहीबारको भेटमा स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने विषयमा प्रारम्भिक छलफल भएको छ,’ राप्रपाका सहायक महामन्त्री ऋषीराज देवकोटाले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने पनि दुई नेताबीच सहमति भएको छ । आशा गरौं सकारात्मक परिणाम आउनेछ ।’
२०७४ को निर्वाचनमा नेपालगन्ज उपमहानगरको मेयरमा तीन ठूला दललाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका डाक्टर धवलशमशेर राणा विजयी भएका थिए । उनले १२ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका डाक्टर सुरेश कुमार कनोडियाले ८ हजार ७३० मतमात्र प्राप्त गरेका थिए । माओवादी केन्द्रका स्वर्गीय नेता दामोदर आचार्यले ७ हजार १९८ मत र एमालेका समसुद्दीन सिद्दिकीले ६ हजार ९६५ मत पाएका थिए ।
यहाँ काँग्रेस र माओवादी केन्द्रको मत मिसाउँदा १५ हजार ९२८ हुन्छ, जुन राप्रपाले पाएको मत तथा एमालेले पाएको मतभन्दा धेरै हो । यदि राप्रपा र एमालेको मत मिसाउने हो भने १९ हजार ४८० हुन्छ जुन माओवादी केन्द्र र काँग्रेसले पाएको मतभन्दा ३ हजार ५५२ मत बढी हो ।
यस्तै नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पदमा काँग्रेसकी उमा थापा मगर १० हजार ७३१ मत ल्याएर विजयी भएकी थिइन् । राप्रपाकी रमा रानी गुप्ताले ८ हजार ९२४ मत ल्याएकी थिइन् । यस्तै एमालेकी शान्तिदेवी ढकालले ७ हजार ७७३ मत र माओवादी केन्द्रकी कलामुन अन्सारीले ७ हजार ६७ मत ल्याएकी थिइन् ।
थप समाचार
‘निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल हुने’
धवलले मैदान छोडेपछि को बन्छ नेपालगन्जको मेयर ?
निर्वाचनको मुखमा धवलको उद्घोषः ‘मेयरमा अब लड्दैन’
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’