डुडुवामा राष्ट्रिय कुस्ती प्रतियोगिता शुरु


डुडुवामा राष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

सांकेतिक तस्विर

डुडुवा (बाँके) २४ चैत्र : बाँके डुडुवा गाउँपालिकामा राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता–२०७८ शुरु भएको छ ।

डुडुवा गाउँपालिकाको सहयोगमा नेपाल कुस्ती संघ बाँकेले प्रतियोगिता आयोजना गरेको हो ।

आज विहीबार एक समारोहकाविच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उद्घाटन गर्दै पछिल्लो अवस्थामा कुश्ती प्रतियोगिता हराउँदै गएको भन्दै त्यसलाई प्रोत्साहन गर्न कुश्ती जरुरी भएको बताए ।
उनले कुश्ती खेल परापुर्वकालमा गाउँघरमा साथीहरुवीच खेल्ने एउटा मनोरञ्जनको रुपमा लिने गरेकाले यस्ता प्रतियोगितालाई जिवन्त बनाउनु पर्नेमा जोड दिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य लिलावती यादव, स्थानीय युवा बेलबहादुर बोहरा लगायतले कुस्ती खेलमाथि चर्चा गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

डुडुवा गाउँपालिका वडा नम्बर– ५ स्थित छग्रहवा खेल मैदानमा शुरु भएको प्रतियोगितामा नेपालको सात वटै प्रदेशबाट सात वटा टिम तथा विभागीय नेपाल प्रहरी र नेपाली सेनाको एक÷एक गरेर जम्म नौ वटा टिमको सहभागिता रहेको छ ।

नौ वटा टिममा १८ जना महिला र १८ जना पुरुषको सहभागिता रहेको कुश्ती संघ बाँकेले जनाएको छ । प्रतियोगितामा सहभागि खेलाडीहरुलाई ट्रेकसुट, गाडी भाडा, मेडल र प्रमाण पत्र प्रदान गरिने कुश्ती संघ बाँके अध्यक्ष रिजवान शेषले बताए । प्रतियोगिता भोली चैत्र २५ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा कुश्तीको कोच इकवाल राइले गरेकाछन् ।