शनिबार, जेठ ७, २०७९   ०१:१३:१३

अभि चौधरीलाई सोसल युथ अवार्ड


सेतोखरी   2079-01-04

नेपालगन्ज ४ वैशाख : सोसल युथ अवार्ड–२०२२ को विजेता अभि चौधरी बनेकाछन् । सामाजिक क्षेत्रमा क्रियाशील नेतृत्वले आयोजना गरेको उक्त अवार्ड चौधरीलाई शनिबार आयोजित एक समारोहमा प्रदान गरियो ।

यस्तै उक्त अवार्ड अन्र्तगत आयोजित अन्य विधामा पब्लिक इन्फ्लुएन्सर अवार्ड सिमरन शाहले पाएकी छन् भने पब्लिक भ्युवर चोइस अवार्ड रिसव बैश्यले पाएकाछन् ।

योसंगै सोसल युथ अवार्ड विजेता चौधरीले प्रमाणपत्र, ट्रफीसहित नगर २५ हजार हात पारेका छन् । भने पब्लिक इन्फ्लुएनसर अवार्ड र पब्लिक भ्युवर चोइस अवार्ड विजेताद्वय शाह र बैश्यले प्रमाणपत्र, ट्रफीसहित नगद ५÷५ हजार हात पारेका छन् ।

आयोजक नेतृत्वका प्रमुख सुरेन्द्र चलाउनेका अनुसार मुख्य अवार्ड विजेतालाई अध्ययनका लागि स्कलरसीप प्रदान गरिनेछ । गत चैत्र १७ गतेबाट सञ्चालित इभेन्टमा जिल्लाका २ सय जना प्रतियोगिले सहभागिता जनाएका थिए ।

अडिसनबाट छानिएका २ सय जनाबाट उत्कृष्ट १० मा समावेश किशोरकिशोरीलाई उपाधीका लागि प्रतिस्प्रर्धा गराइएको थियो । सो अवसरमा उत्कृष्ट १० मा समावेश किशोरकिशोरीलाई १० दिनको फिल्ड कार्य, प्रशिक्षण, समुह कार्य, सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रशिक्षित गरिएको थियो ।

उत्कृष्ट १० मा जेनिला शाह, सिमरन शाह, लक्ष्मि न्यौपाने, अभि चौधरी, आरषी ज्ञवाली, रिदम शाक्य, अन्जना कठायत, रिसब बैश्य, इन्द्र बोगटी र दुर्गा दसौदी रहेका थिए ।

नेतृत्वका प्रमुख चलाउनेले सामाजिक उत्तरदायित्व र प्याड बैंक स्थापनार्थ सोसल अवार्ड आयोजना गरिएको बताए । उनले अवार्डमा नगद राशी जित्ने विजेताबाट केही रकम ‘प्याड बैंक’का लागि लिइनेछ । जिल्लामा विभिन्न प्रकोप, संकट तथा आर्थिक अवस्था कमजोर रहेका किशोरी एवम महिलालाई निःशुल्क प्याड वितरण गर्नका लागि स्थापना गरिएको प्याड बैंक सहयोगार्थ यो इभेन्ट गरिएको बताए ।

उनका अनुसार यात्रा मिडिया, बास नेपाल, युवा क्लब सञ्जाल, सामुदायिक प्रहरी सेवा केन्द्र र सारगो सर्भिससेज प्रालिलगायतले अवार्डमा सहकार्य गरेका थिए । यसअघि पनि नेतृत्वले काठमाण्डौं, सुर्खेत र बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरामा सोसल अवार्ड तथा ट्यालेण्ट हण्ट आयोजना गरिसकेको नेृत्वका कार्यक्रम व्यवस्थापन प्रमुख सागर क्षेत्रीले जानकारी दिए ।