नेपालगन्ज ४ वैशाख : बाँके जिल्ला फुटबल संघको अध्यक्षमा भोजराज शाही पुनः निर्वाचित भएका छन् । शनिबार भएको संघको साधारण सभा तथा निर्वाचनबाट शाही पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
जिल्लाका १२ वटा क्लवमध्ये ११ वटा क्लवले मतदानमा भाग लिएका थिए । धम्बोझी क्लबले केन्द्रमा मतदान गर्ने भएकाले यहाँ भाग लिएको थिएन । ११ वटा क्लबमध्ये शाहीले नौ मत ल्याएका थिए । अध्यक्षका प्रतिस्पर्धी रोयल नेपालगन्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणी गौतमले दुई मत ल्याए ।
संघको उपाध्यक्षमा निर्मल चन्द, अनिल केसी र टोपेन्द्र खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा गोवद्र्धनसिंह सम्झना, गोविन्दप्रसाद श्रेष्ठ, दीपेन्द्र घले, राजु तामाङ, अर्जुन खड्का, इन्द्रबहादुर राना, ईश्वर चन्द, दीपु राना, भोजबहादुर शाही र देवेन्द्र केसी निर्वाचित भएका छन् ।
साधारण सभा तथा निर्वाचनमा केन्द्रबाट पर्यवेक्षकका रुपमा भरत बुढथापा आएका थिए । साधारण सभाको प्रमुख अतिथि बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले गरेका थिए । निर्वाचित अध्यक्ष शाहीले फुटबलको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने उद्घोष गरे ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग