पल शाह प्रकरणमा ट्वीस्ट : नाबालिग गायिकाले फेरिन् बयान


पल शाह प्रकरणमा ट्वीस्ट : नाबालिग गायिकाले फेरिन् बयान

काठमाडौं ४ बैशाख : अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनामा ट्वीस्ट आएको छ । पीडित भनिएकी नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएपछि ट्वीस्ट आएको हो ।

जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। नाबालिग गायिकाको अहिले पनि अदालमा बकपत्र चलिरहेको स्रोतले जनाएको छ ।

नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए ।

तनहुँमा बलात्कार कसुरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो । दुवै घटनाको पीडित उही नाबालिग थिइन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालत (तनुहँ र नवलपुर)मा मुद्दा दायर भएको छ । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए । हाल उनी तनहुँ कारागारमा छन् । -नेपाललाईभबाट

थप समाचार

पल शाह पुर्पक्षका लागि जेल चलान

नायक पल शाह यसकारण दोषी हुन्

अभिनेता पल शाहले भने– ‘कानूनलाई सम्मान गर्दै आज प्रहरीसामु म आफैं उपस्थित हुनेछु’

पल शाह प्रहरी नियन्त्रणमा