पल शाह पुर्पक्षका लागि जेल चलान


पल शाह पुर्पक्षका लागि जेल चलान

नेपालगन्ज १० चैत्र : नावालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह (पूर्वाविक्रम शाह) जेल चलान भएका छन् । तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो ।

यस्तै, बलात्कारको कसूरमा मतियारको भूमिका निभाएको आरोप लागेका म्यानेजर कृष्ण जोशीसँग भने एक लाख धरौटी मागेको छ । तनहुँ जिल्ला अदालतको आदेशमा जोशीसँग एक लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनिएको छ ।

बलात्कार आरोपमा जाहेरी परेपछि शाह गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए ।

तनहुँमा बलात्कार कसूरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

दुवै घटनाको पीडित एउटै नावालिग थिइन् । १६ वर्षभन्दा कम उमेरकी नावालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म र मतियारको भूमिका निभाएको भन्दै जोशीलाई शाहको आधा सजाय माग दाबी गर्दै जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो ।

जोशीले बलात्कार भएको थाहा पाउँदासमेत मिलाउन खोजेको भन्दै मतियार बनाएर मुद्दा दायर गरिएको थियो ।  बुधबार सरकारी वकिल र जाहेरवालाको तर्फबाट १० जना कानून व्यवसायीले बहस गरेका थिए ।

बिहीबार शाहको तर्फबाट पनि १० जना कानून व्यवसायीले बहस गरेपछि अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको हो । यसअघि शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा समेत मुद्दा दर्ता भइसकेको छ। नवलपुरको घटनामा भने थुनछेक बहस हुनै बाँकी छ ।

थप समाचार

नायक पल शाह यसकारण दोषी हुन्

पल शाहविरुद्ध जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी

अभिनेता पल शाहले भने– ‘कानूनलाई सम्मान गर्दै आज प्रहरीसामु म आफैं उपस्थित हुनेछु’

पल शाह प्रहरी नियन्त्रणमा