नेपालगन्ज २५ वैशाख : नेपालगन्जको मुहार बदल्ने योजनाका रुपमा लिइन्छ, एडिबीको एकीकृत सहरी विकास परियोजना । सन् २०१४ मा सुरु भएको उक्त परियोजनामा राजनीतिक रुपले समन्वयकारी भूमिकामा थिए, नेपाली काँग्रेसका नेता प्रशान्त विष्ट । नेपालगन्ज नगर सभापतिको हैसियतमा उनले एडिबीको परियोजना पूरा गर्न महत्वपूर्ण भूमिका निभाए ।
एडिबी परियोजनाको महत्वपूर्ण कागजी काममा विष्टले नै भूमिका निभाएका हुन् । विष्टले भने, ‘तपाई एडिबीको परियोजना कार्यान्वयन हुनुभन्दा अघिका कागजपत्रहरु हेर्नुहुन्छ भने त्यहाँ कुनै कागज छैन होला, जहाँ मेरो हस्ताक्षर छैन, सबै पेपरवर्क र परियोजनाको खाका कोर्ने काममा मैले रातदिन समय दिएको थिएँ ।’
एडिबीको परियोजनाका अनेक तालिम र योजनाको खाका कोर्ने काममा सक्रिय रुपले लाग्नुका पछाडी नेपालगन्जको विकासका लागि कुनैदिन आफूपनि कार्यान्वयन गर्ने ठाउँमा पुग्दा काम लागोस् भन्ने हेतू रहेको विष्ट बताउँछन् ।एडिबी परियोजनाले निर्माण गर्ने सडक, नाला र ल्याण्डफिल साईटको लागि जग्गाको खोजी र साईट खाली गर्ने काममा पनि यि विष्टले अगुवाई गरेका थिए । विशेषगरी ल्याण्डफिल साईटको जग्गा खोजी सबैभन्दा चुनौतीको कुरा थियो । त्यतिबेला नेपालगन्जको कुनै ठाउँमा पनि पर्याप्त जग्गा थिएन । ल्याण्डफिल साइटको जग्गा टुंगो नलाग्दासम्म एडिबीको परियोजना अघि बढ्ने अवस्था नै थिएन ।
परियोजनाका अरु काम सफल भएपनि नेपालगन्जको फोहोरमैला व्यवस्थापनको समस्या समाधान हुनेवाला थिएन । परियोजनाको दातृ निकायलाई विश्वस्त पार्न पनि जग्गाको चाँडोभन्दा चाँडो टुंगो लगाउनुपर्ने अवस्था थियो । जग्गा भएको क्षेत्र त्यतिबेला नेपालगन्ज उपमहानगरपालिका भित्र थिएन । नेपालगन्ज भन्दा बाहिर फोहोर फाल्दा त्यसले निम्त्याउन सक्ने समस्या काठमाडौं महानगरपालिकाको अवस्थाले प्रष्ट पारिरहेको थियो ।
ल्याण्ड फिलसाइटको जग्गा टुंगो नलागेको अवस्थामा युवा नेता विष्टले एउटा जुक्ति निकाले, हाल ल्याण्डफिल साइड बनेको क्षेत्रलाई नेपालगन्जमै गाभ्ने । त्यसपछि तत्कालिन हिरमिनिया गाविसलाई नेपालगन्जमा गाभियो र त्यसपछि मात्र जग्गाको टुंगो लाग्यो ।
यसका साथै उक्त परियोजना अन्तर्गतका बाटो र नालाहरु कुन–कहाँबाट बन्ने सबै निर्णयमा आफू सामेल रहेको विष्ट सम्झिन्छन् । आफूहरुले सबै खाका बनाएर सकेपछि स्थानीय तहको निर्वाचन भएको र हालका जनप्रतिनिधिको पालामा उक्त परियोजना पूर्ण रुपले कार्यान्वयमा आएको उनले बताए ।
एडिबी परियोजनाकै कारण नेपालगन्जको सडक, नाला र फोहोरमैला ब्यवस्थापनको कामले पूर्णता पाएको हो । अहिले उपमहानगरपालिकाको जताततै एडिबीले निर्माण गरेको सडक र नाला देख्न सकिन्छ । पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको पहल कदमीबाट नेपालगन्जमा लागु भएको उक्त परियोजनाबाट नै सडक, ढल निकास र फोहोर मैला ब्यवस्थापनमा उल्लेख्य काम भएको छ ।
एडिबी परियोजना सुरुवातदेखि कार्यान्वयनमा जाँदाको समय सम्म आफूले हरेक चरणमा काम गर्न पाएकोले आफूलाई अब नेपालगन्जको विकास कसरी गर्नुपर्छ भन्ने अनुभव रहेको विष्ट बताउँछन् । आफू नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएपछि यहाँको भौतिक, सामाजिक, आर्थिक लगायत विविध विषयमा नयाँ सोचका साथ काम गर्ने उनको प्रतिवद्धता छ । नेपाली काँग्रेसहित गठबन्धनका तर्फबाट उनी नगर प्रमुख पदका साझा उम्मेदवार भएका छन् ।
थप समाचार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’