एडिबी परियोजनामा प्रशान्तले निभाएको महत्वपूर्ण भूमिका


एडिबी परियोजनामा प्रशान्तले निभाएको महत्वपूर्ण भूमिका

नेपालगन्ज २५ वैशाख : नेपालगन्जको मुहार बदल्ने योजनाका रुपमा लिइन्छ, एडिबीको एकीकृत सहरी विकास परियोजना । सन् २०१४ मा सुरु भएको उक्त परियोजनामा राजनीतिक रुपले समन्वयकारी भूमिकामा थिए, नेपाली काँग्रेसका नेता प्रशान्त विष्ट । नेपालगन्ज नगर सभापतिको हैसियतमा उनले एडिबीको परियोजना पूरा गर्न महत्वपूर्ण भूमिका निभाए ।

एडिबी परियोजनाको महत्वपूर्ण कागजी काममा विष्टले नै भूमिका निभाएका हुन् । विष्टले भने, ‘तपाई एडिबीको परियोजना कार्यान्वयन हुनुभन्दा अघिका कागजपत्रहरु हेर्नुहुन्छ भने त्यहाँ कुनै कागज छैन होला, जहाँ मेरो हस्ताक्षर छैन, सबै पेपरवर्क र परियोजनाको खाका कोर्ने काममा मैले रातदिन समय दिएको थिएँ ।’

एडिबीको परियोजनाका अनेक तालिम र योजनाको खाका कोर्ने काममा सक्रिय रुपले लाग्नुका पछाडी नेपालगन्जको विकासका लागि कुनैदिन आफूपनि कार्यान्वयन गर्ने ठाउँमा पुग्दा काम लागोस् भन्ने हेतू रहेको विष्ट बताउँछन् ।एडिबी परियोजनाले निर्माण गर्ने सडक, नाला र ल्याण्डफिल साईटको लागि जग्गाको खोजी र साईट खाली गर्ने काममा पनि यि विष्टले अगुवाई गरेका थिए । विशेषगरी ल्याण्डफिल साईटको जग्गा खोजी सबैभन्दा चुनौतीको कुरा थियो । त्यतिबेला नेपालगन्जको कुनै ठाउँमा पनि पर्याप्त जग्गा थिएन । ल्याण्डफिल साइटको जग्गा टुंगो नलाग्दासम्म एडिबीको परियोजना अघि बढ्ने अवस्था नै थिएन ।

परियोजनाका अरु काम सफल भएपनि नेपालगन्जको फोहोरमैला व्यवस्थापनको समस्या समाधान हुनेवाला थिएन । परियोजनाको दातृ निकायलाई विश्वस्त पार्न पनि जग्गाको चाँडोभन्दा चाँडो टुंगो लगाउनुपर्ने अवस्था थियो । जग्गा भएको क्षेत्र त्यतिबेला नेपालगन्ज उपमहानगरपालिका भित्र थिएन । नेपालगन्ज भन्दा बाहिर फोहोर फाल्दा त्यसले निम्त्याउन सक्ने समस्या काठमाडौं महानगरपालिकाको अवस्थाले प्रष्ट पारिरहेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

ल्याण्ड फिलसाइटको जग्गा टुंगो नलागेको अवस्थामा युवा नेता विष्टले एउटा जुक्ति निकाले, हाल ल्याण्डफिल साइड बनेको क्षेत्रलाई नेपालगन्जमै गाभ्ने । त्यसपछि तत्कालिन हिरमिनिया गाविसलाई नेपालगन्जमा गाभियो र त्यसपछि मात्र जग्गाको टुंगो लाग्यो ।

यसका साथै उक्त परियोजना अन्तर्गतका बाटो र नालाहरु कुन–कहाँबाट बन्ने सबै निर्णयमा आफू सामेल रहेको विष्ट सम्झिन्छन् । आफूहरुले सबै खाका बनाएर सकेपछि स्थानीय तहको निर्वाचन भएको र हालका जनप्रतिनिधिको पालामा उक्त परियोजना पूर्ण रुपले कार्यान्वयमा आएको उनले बताए ।

एडिबी परियोजनाकै कारण नेपालगन्जको सडक, नाला र फोहोरमैला ब्यवस्थापनको कामले पूर्णता पाएको हो । अहिले उपमहानगरपालिकाको जताततै एडिबीले निर्माण गरेको सडक र नाला देख्न सकिन्छ । पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको पहल कदमीबाट नेपालगन्जमा लागु भएको उक्त परियोजनाबाट नै सडक, ढल निकास र फोहोर मैला ब्यवस्थापनमा उल्लेख्य काम भएको छ ।

एडिबी परियोजना सुरुवातदेखि कार्यान्वयनमा जाँदाको समय सम्म आफूले हरेक चरणमा काम गर्न पाएकोले आफूलाई अब नेपालगन्जको विकास कसरी गर्नुपर्छ भन्ने अनुभव रहेको विष्ट बताउँछन् । आफू नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएपछि यहाँको भौतिक, सामाजिक, आर्थिक लगायत विविध विषयमा नयाँ सोचका साथ काम गर्ने उनको प्रतिवद्धता छ । नेपाली काँग्रेसहित गठबन्धनका तर्फबाट उनी नगर प्रमुख पदका साझा उम्मेदवार भएका छन् ।

थप समाचार

सिडिओ बन्ने सपना त्यागेर राजनीतिमा होमिएका प्रशान्त

नेपालगन्जको नगर प्रमुख बन्न प्रशान्तको एक दशकदेखी तयारी