डुडुवा(बाँके) : बाँके डुडुवा गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको सहकार्यमा शिक्षा शाखाद्वारा आयोजिता प्रतियोगितामा ज्ञानद्विप मावि प्रथम भएको छ ।
प्रतियोगितामा शहिद माबि दोस्रो र बनकट्टी माबिले तेस्रो स्थान हाँसिल गरेको छ । विजयी विद्यालयहरुलाई पुरस्कार तथा कप वितरण गरिएको थियो ।
गाउँपालिकास्तरीय ५ वटा विद्यालयका २ सय ५० विद्यार्थीको सहभागितामा भएको रनिङशिल्डबाट ३५ जना विद्यार्थीलाई छनोट गरिएकोछ । छनोट भएका विद्यार्थीले जिल्लामा हुने रनिङशिल्ड प्रतियोगिताका लागि सहभागिता जनाउने गाउँपालिकाले जनाएको छ ।
समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडाध्यक्ष भण्डारीलाल यादव, प्रशुराम बुढाथोकी, शिक्षा शाखा प्रमुख सञ्जय कर्ण, वरिष्ठ खेलाडी पदम बुढाथोकी लगायतले विजयीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरेको थिए । गाँउपालिका स्तरीय रनिङशिल्ड प्रतियोगितामा भलिबल, कपर्दी र एथलेटिक्सका खेलहरु भएका थिए ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा