मृत भेटिनु अघि सञ्जुले फेसबुकमा किन शेयर गरिन् त्यो भिडियो ?


मृत भेटिनु अघि सञ्जुले फेसबुकमा किन शेयर गरिन् त्यो भिडियो ?

नेपालगन्ज २७ वैशाख : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरीको मृत्युको खबरले नेपाली खेलजगत स्तब्ध छ । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।

सोमबार राति १० बजेर ३ मिनेटमा सञ्जु चौधरीले आफ्नो फेसबुक एकाउन्टमा एउटा भिडियो सेयर गरेर क्याप्सनमा लेखेकी छन्, ‘मिसिङ यू लभ’ त्यसमा लभ इमोजी पनि राखिएको छ ।

यो भिडियो पाकिस्तानी वेव सिरिज ‘मेरे हमसफर’को हो । यहाँ सिरिजको दुई प्रमुख पात्रबीचको कुराकानीको क्रममा नायिकाले नायकसँग सोध्छिन्– ‘परिवारको दबावमा आएर तिमीले मलाई छोड्न त छोड्दैनौ नि ?’ त्यसपछि भिडियो निरन्तर भए पनि हिन्दी गीतको म्युजिक सुरु हुन्छ ।

यो सिरिजमा नायिकालाई उनको परिवारले मानसिक र शारीरिक तनाव दिएको हुन्छ । उनलाई साथ दिने एकमात्र व्यक्ति उनका श्रीमान हुन्छन् । यसै कथाको वरिपरि त्यो सिरिजको कथा घुमेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

२२ वर्षीया सञ्जुले ‘मिसिङ यू लभ’ भनेर यो सिरिजको क्लिप फेसबुकमा शेयर गर्नुलाई प्रेम र पारिवारिक तनावका बीच सञ्जुले मृत्युको बाटो रोजेको हो कि भन्ने प्रहरीको आशंका छ ।

थप समाचार

भारोत्तोलनकी स्वर्ण पदक विजेता सञ्जु मृत भेटिइन्