नेपालगन्ज २९ वैशाख : बाँकेमा स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएकोछ । बाँकेका ८ पालिका र ८१ वटा वडाअध्यक्षका लागि शुक्रबार विहान ७ बजेदेखि मतदान हुँदैछ ।
देश संघीयतामा गएपछि दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचनलाई लिएर सर्वत्र चासो राखिएकोछ । मौन अवधिमा पनि उम्मेदवारहरुले मतदातालाई प्रभावित पार्न विभिन्न गतिविधि गरिरहेकाछन् । निर्वाचन आयोगले त्यस्ता ब्यक्ति, उम्मेदवारलाई नियन्त्रणमा लिदैँ कारबाही समेत गरिरहेकोछ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार बाँकेका ८ वटै पालिकामा मतदान स्थल र मतगणना स्थल तयार भएको छ । मतगणना स्थललाई सुरक्षित बनाउनका लागि तारजाली सहित सुरक्षा व्यवस्था पनि कडा पारिएकोछ । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।
यसअघि मौसम पूर्वानुमान शाखाले पानी पर्न सक्ने भएकाले पूर्व तयारीका लागि सबै मतदानस्थलमा पूर्व तयारी समते गरिएको छ । बिहीबार बेलुका ५ बजेबाट मतदाता परिचय पत्र बाँड्ने काम सकिएको छ ।
निर्वाचनमा जनताले नगरपालिकाको हकमा नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको हकमा अध्यक्ष र उपाध्यक्ष र वडाअध्यक्ष एवं ४ जना वडा सदस्य गरी ७ जनालाई आफ्नो मत प्रदान गर्नेछन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार संघीय मान्यता प्राप्त ६ दल तथा अन्य साना दल २३ गरि जम्मा २९ दल निर्वाचनमा होमिएकाछन् । शुक्रबार विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लामा १ सय ३६ मतदान स्थलमा ३ सय ७९ मतदान केन्द्र रहेका छन् । बाँकेका ८ वटै स्थानीय तहमा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना जनशक्ति परिचालित भएका छन् । निर्वाचनमा ४ हजार बढी सुरक्षाकर्मी परिचालितको बाँके प्रहरीले जनाएको छ ।
जिल्लामा कुल ३ लाख २९ हजार ४ सय ७३ जना मतदाता छन् । यि मध्ये एक लाख ६७ हजार ३ सय ४९ पुरुष, एक लाख ६२ हजार १ सय १७ महिला र ७ जना अन्य मतदाता रहेका छन् ।
बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका गरि कुल ८ वटा पालिका प्रमुखमा ६९ जना र उपप्रमुखमा ५३ जना गरि १२२ जना उम्मेदवारबीच प्रतिस्प्रर्धा हुँदैछ । जसमा कुल १४ जनाको स्वतन्त्र उम्मेदवारी परेकोछ ।
निर्वाचन कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदका लागि १७ जनाको उम्मेदवारी रहेकोछ । जसमा ५ जना स्वतन्त्र उम्मेदवार रहेकाछन् । यस्तै नेपालगन्जको उपप्रमुखमा एक पुरुषसहित ९ जना उम्मेदवारको उम्मेदवारी रहेकोछ ।
कोहलपुर नगरपालिका प्रमुख पदका लागि १४ जना उम्मेदवारबीच प्रतिस्प्रर्धा हुँदैछ । जसमा २ जना स्वतन्त्र उम्मेदवार रहेकाछन् । यस्तै उपप्रमुखमा १० जनाको उम्मेदवारी रहेको । त्यसमध्ये एक जना स्वतन्त्र उम्मेदवार रहेकाछन् ।
खजुरा गाउँपालिकाको अध्यक्ष पदमा ८ जनाबीच प्रतिस्प्रर्धा हुँदैछ । जसमा एक जना स्वतन्त्र उम्मेदवार रहेकाछन् । भने खजुरा गाउँपालिकाको उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेकोछ ।
यस्तै जानकी गाँउपालिकाको अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ । भने उपाध्यक्ष पदमा ७ जनाको उम्मेदवारी परेकोछ । बैजनाथ गाउँपालिकाको अध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेकोछ । जसमा एक जना स्वतन्त्र उम्मेदवार रहेकाछन् । भने उपाध्यक्ष पद ५ जनाको उम्मेदवारी परेकोछ ।
डुडुवा गाउँपालिकाको अध्यक्ष पदमा ७ जनाको उम्मेदवारी परेकोछ । जसमा २ जना स्वतन्त्र उम्मेदवार रहेकाछन् । भने उपाध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेकोछ ।
यसैगरी राप्तीसोनारी गाँउपालिकाको अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी रहेकोछ । भने उपाध्यक्ष पदमा एक जना स्वतन्त्र उम्मेदवार गरि ६ जनाको उम्मेदवारी रहेकोछ ।
नरैनापुर गाउँपालिकाको अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेकोछ । जसमा १ जना स्वतन्त्र उम्मेदवार रहेकाछन् । नरैनापुर गाउँपालिकाको उपाध्यक्ष पदमा ५ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यालय बाँकले जनाएकोछ ।
थप समाचार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’