बाँकेका ८ पालिका प्रमुख तथा उपप्रमुख पदमा १२२ जनाबीच प्रतिस्प्रर्धा


बाँकेका ८ पालिका प्रमुख तथा उपप्रमुख पदमा १२२ जनाबीच प्रतिस्प्रर्धा

नेपालगन्ज २९ वैशाख : बाँकेमा स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएकोछ । बाँकेका ८ पालिका र ८१ वटा वडाअध्यक्षका लागि शुक्रबार विहान ७ बजेदेखि मतदान हुँदैछ ।

देश संघीयतामा गएपछि दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचनलाई लिएर सर्वत्र चासो राखिएकोछ । मौन अवधिमा पनि उम्मेदवारहरुले मतदातालाई प्रभावित पार्न विभिन्न गतिविधि गरिरहेकाछन् । निर्वाचन आयोगले त्यस्ता ब्यक्ति, उम्मेदवारलाई नियन्त्रणमा लिदैँ कारबाही समेत गरिरहेकोछ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार बाँकेका ८ वटै पालिकामा मतदान स्थल र मतगणना स्थल तयार भएको छ । मतगणना स्थललाई सुरक्षित बनाउनका लागि तारजाली सहित सुरक्षा व्यवस्था पनि कडा पारिएकोछ । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।

यसअघि मौसम पूर्वानुमान शाखाले पानी पर्न सक्ने भएकाले पूर्व तयारीका लागि सबै मतदानस्थलमा पूर्व तयारी समते गरिएको छ । बिहीबार बेलुका ५ बजेबाट मतदाता परिचय पत्र बाँड्ने काम सकिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

निर्वाचनमा जनताले नगरपालिकाको हकमा नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको हकमा अध्यक्ष र उपाध्यक्ष र वडाअध्यक्ष एवं ४ जना वडा सदस्य गरी ७ जनालाई आफ्नो मत प्रदान गर्नेछन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार संघीय मान्यता प्राप्त ६ दल तथा अन्य साना दल २३ गरि जम्मा २९ दल निर्वाचनमा होमिएकाछन् । शुक्रबार विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लामा १ सय ३६ मतदान स्थलमा ३ सय ७९ मतदान केन्द्र रहेका छन् । बाँकेका ८ वटै स्थानीय तहमा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना जनशक्ति परिचालित भएका छन् । निर्वाचनमा ४ हजार बढी सुरक्षाकर्मी परिचालितको बाँके प्रहरीले जनाएको छ ।

जिल्लामा कुल ३ लाख २९ हजार ४ सय ७३ जना मतदाता छन् । यि मध्ये एक लाख ६७ हजार ३ सय ४९ पुरुष, एक लाख ६२ हजार १ सय १७ महिला र ७ जना अन्य मतदाता रहेका छन् ।

बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका गरि कुल ८ वटा पालिका प्रमुखमा ६९ जना र उपप्रमुखमा ५३ जना गरि १२२ जना उम्मेदवारबीच प्रतिस्प्रर्धा हुँदैछ । जसमा कुल १४ जनाको स्वतन्त्र उम्मेदवारी परेकोछ ।

निर्वाचन कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदका लागि १७ जनाको उम्मेदवारी रहेकोछ । जसमा ५ जना स्वतन्त्र उम्मेदवार रहेकाछन् । यस्तै नेपालगन्जको उपप्रमुखमा एक पुरुषसहित ९ जना उम्मेदवारको उम्मेदवारी रहेकोछ ।

कोहलपुर नगरपालिका प्रमुख पदका लागि १४ जना उम्मेदवारबीच प्रतिस्प्रर्धा हुँदैछ । जसमा २ जना स्वतन्त्र उम्मेदवार रहेकाछन् । यस्तै उपप्रमुखमा १० जनाको उम्मेदवारी रहेको । त्यसमध्ये एक जना स्वतन्त्र उम्मेदवार रहेकाछन् ।

खजुरा गाउँपालिकाको अध्यक्ष पदमा ८ जनाबीच प्रतिस्प्रर्धा हुँदैछ । जसमा एक जना स्वतन्त्र उम्मेदवार रहेकाछन् । भने खजुरा गाउँपालिकाको उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेकोछ ।

यस्तै जानकी गाँउपालिकाको अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ । भने उपाध्यक्ष पदमा ७ जनाको उम्मेदवारी परेकोछ । बैजनाथ गाउँपालिकाको अध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेकोछ । जसमा एक जना स्वतन्त्र उम्मेदवार रहेकाछन् । भने उपाध्यक्ष पद ५ जनाको उम्मेदवारी परेकोछ ।

डुडुवा गाउँपालिकाको अध्यक्ष पदमा ७ जनाको उम्मेदवारी परेकोछ । जसमा २ जना स्वतन्त्र उम्मेदवार रहेकाछन् । भने उपाध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेकोछ ।

यसैगरी राप्तीसोनारी गाँउपालिकाको अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी रहेकोछ । भने उपाध्यक्ष पदमा एक जना स्वतन्त्र उम्मेदवार गरि ६ जनाको उम्मेदवारी रहेकोछ ।

नरैनापुर गाउँपालिकाको अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेकोछ । जसमा १ जना स्वतन्त्र उम्मेदवार रहेकाछन् । नरैनापुर गाउँपालिकाको उपाध्यक्ष पदमा ५ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यालय बाँकले जनाएकोछ ।

थप समाचार

बाँकेमा निर्वाचन केन्द्रित सुरक्षा : सेनासहित चार हजारबढी सुरक्षाकर्मी खटिए, प्रहरीको १७ वटा मोबाइल टोली परिचालित

आयोगको तयारी : मतदान सकिए लगत्तै मतगणना

कसरी हुन्छ मतगणना ?