भारतबाट तस्करीको पेय पदार्थ विक्री गर्ने नेपालगन्जका दुई पसललाई १० हजार जरिवाना

बाणिज्य कार्यालयद्वारा तस्करीको पेय पदार्थ विक्री गर्ने पसलहरुमा संयुक्त अनुगमन


भारतबाट तस्करीको पेय पदार्थ विक्री गर्ने नेपालगन्जका दुई पसललाई १० हजार जरिवाना

नेपालगन्ज १७ जेठ : भारतबाट तस्करीको पेय पदार्थ विक्री गर्ने नेपालगन्जका दुई वटा पसललाई १० हजार जरिवाना गराइएकोछ । बजार अनुगमनका क्रममा भारतबाट तस्करी गरि पेय पदार्थ विक्री गर्ने नेपालगन्जका दुई वटा पसललाई ५/५ हजार रुपैयाँ कारबाही स्वरुप जरिवाना गरिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जद्वारा गरिएको संयुक्त बजार अनुगमनका क्रममा नेपालगन्जको बसपार्क आसपासका ४ वटा पसल कारबाहीमा परेका हुन् । नियमित बजार अनुगमनको क्रममा मङ्गलबार नेपालगन्ज उपमहानगरपालिका बसपार्क आसपासका पसलहरुमा भारतबाट तस्करी गरि पेय पदार्थ विक्री गर्ने गरेको पाइएको हो ।

संयुक्त बजार अनुगमनका क्रममा बासपार्क नजिक बाइपास क्षेत्रमा रहेका ४ वटा पसललाई कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले सेतोखरीलाई जानकारी दिए ।

पौडेलले बाइपास क्षेत्रमा रहेका ४ वटा पसल मध्ये दुई वटा पसलले अनुचित ब्यापारिक कृयाकलाप गरेको पाईएकोले तत्काल प्रति पसल ५/५ हजार रुपैयाँ जरिवाना गरिएको बताए । भने २ वटा पसललाई चेतावनी दिइएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

सहाक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको सहभागिता रहेको थियो ।

संयुक्त बजार अनुगमनका क्रममा भारतबाट तस्करी गरि विक्री गर्न राखिएको पेय पदार्थसहितको सामानको खरिद विल उपलब्ध गराउन नसकेको दुई वटा पसललाई जरिवानासहित कारबाही गरि चेतावनी दिइएको निमित्त प्रमुख पौडेलले जानकारी दिए ।

सोक्रममा लेबल नभएका सामान, म्याद गुज्रिएका सामान र उपभोग्य सामानलाई छुट्टा छुट्टै राखी व्यवस्थित र चुस्तदुरुस्त रुपमा विक्री वितरण गर्न निर्देशन दिइएको उनले बताए ।

यस्तै संयुक्त बजार अनुगमनका क्रममा म्याद गुज्रिएको, लेबल नभएको, खरिद विल उपलब्ध नभएको डिउ, स्प्राईट, फेन्टा, कोक लगाएतका उपभोग गर्न नमिल्ने करिब ९ हजार ५ सय मूल्य बराबरको सामान नष्ट गरिएको उनले बताए ।

भारतीय बजार रुपैडिहाबाट डिउ र कोकाकोला लगायतको पेय पदार्थ तस्करीको समाचार सेतोखरीले यही जेठ १५ गते समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशमा आएपछि बाँके प्रहरी उक्त पेय पदार्थको तस्करी रोक्न रुपैडिहा नाका भएर नेपालगन्ज तस्करी हुने डिउ, कोक लगायतका पेय पदार्थको जम्बो बोतलहरु धमाधम नियन्त्रणमा लिइरहेकोछ ।

डिउ र कोकाकोला भारतमा सस्तो पर्ने हुँदा नेपालमा तस्करी हुने गरेको छ । जसका कारण नेपाली उपभोक्ता मारमा परिरहेका छन् । जमुनाह नाकाबाट दैनिक करिब १६ लाखको पेय पदार्थ डिउ तस्करी हुने गरेकोछ । गर्मी बढेसंगै भारतीय बजार रुपैडिहाबाट दिनहुँ करिब १६ लाखको कोक, डिउ, फेन्टा र स्प्राईट जस्ता पेय पदार्थ तस्करी हुने गरेको पाइएको हो ।

युनिलिभरका कुनैपनि उत्पादन एक देशदेखि अर्को देश लान पाइदैन । यो गैरकानूनी हो । खुलेयाम भारतमा उत्पादित यस्ता पेय पदार्थ तस्करी भइरहदाँ रोक्ने काम समेत नहुँदा भारतमा उत्पादित यी पेय पदार्थ नेपाली बजारभन्दा केही सस्तो हुने भएकाले दिनहुँ पैदल, मोटरसाईकल तथा रिक्सामा घरेलु प्रयोजनका लागि भन्दै नेपाल तस्करी हुदैँ आएको छ ।

नेपालगन्जमा भण्डारण गर्ने र महंगोमा बेच्ने हुदाँ नेपालमा उत्पादन हुने कोक, डिउ, फेन्टा, स्प्राइट जस्ता पेय पदार्थ विक्री वितरणमा समेत भारी गिरावट आएको छ । भन्सार छलि गरि भारतीय बजार रुपैडिहाबाट अबैधरुपमा ल्याइएका यस्ता पेय पदार्थले नेपाली बजारमा कब्जा जमाइरहँदा यहाँको ब्यापार व्यवसाय धरासय बन्दै गएको छ ।

भारतीय बजारबाट भन्सार छलि गरि ल्याइएका कोक, फेन्टा, स्प्राईट, डिउ जस्ता पेय पदार्थको एउटै बोतलमा ५०–६० रुपैयाँसम्म नाफा खाने गरेका छन् । नेपाली बजारभन्दा भारतीय बजारमा सस्तोमा पाइने भएकाले दिनहुँ सयौं मान्छेले क्यारिङ्ग गरि नेपालगन्जका पसल–पसलमा बेच्ने गरेकाछन् । यसरी घरेलु प्रयोजनका लागि भन्दै ल्याइने यस्ता पेय पदार्थ नेपालगन्जमा भण्डार गरि नेपालगन्ज र छिमेकी जिल्लाहरुमा समेत महंगोमा बेच्ने गरिएकोछ । दिनहुँ ठूलो मात्रामा डिउ तस्करी भइरहँदा सम्बन्धित सरोकारवाला निकाय मौन बसिरहेका बेला बाँके प्रहरीसहित संयुक्त बजार अनुगमनले चासो दिएको हो ।

थप समाचार

तस्करीको पेय पदार्थ डिउ धमाधम पक्राउ गर्दै बाँके प्रहरी

जमुनाह नाकाबाट दैनिक करिब १६ लाखको पेय पदार्थ डिउ तस्करी