कोहलपुरले जगुआरलाई ८ विकेटले हरायो


कोहलपुरले जगुआरलाई ८ विकेटले हरायो

नेपालगन्ज २२ जेठ : कोेहलपुर क्रिकेट मैदानमा सञ्चालित नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिग प्रतियोगितामा कोहलपुर स्पोर्टस् एकेडेमीले जगुआर क्रिकेट क्लबलाई ८ विकेटले हराएको छ ।

आईतबार टस जितेर ब्याटिङ गरेको जगुआरले १३.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ४७ रन बनाउँदा कोहलपुरले ४.३ ओभरमा २ विकेटको क्षतिमा ५१ रन बनाएको थियो । जगुआरका लागि सद्दाव अन्सारीले २१ बलमा १ चौकासहित १४ रन बनाएका थिए । कोहलपुरका बलर दीपेन्द्र रावतले ४ ओभरमा ११ रन दिँदै ५ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा कोहलपुरमा अजय सहानीले १३ बलमा ४ चौकासहित २३ रन बनाए । उक्त प्रतियोगितमा कोहलपुर एकेडेमीका दिपेन्द्र रावत प्लेयर अफ त म्याच घोषित भए । त्यस्तै आईतबार बिहान भएको खेलमा ज्योति स्पोर्टस् एकेडेमी ‘ए’ ले एचविए च्याम्पस्लाई १२ रनले हराएको छ ।

निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ज्योतिले एचएसबिलाई १ सय ४८ रनको लक्ष्य दिएको थियो । एचविएले १६.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३५ रन बनाउन सफल भएको थियो । ज्योतिले टस जितेर ब्याटिङ रोजेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

प्रतियोगितामा ज्योतिका लागि रोहन केसीले ३२ बलमा ३ चौका र १ छक्कासहित ३४ रनको योगदान दिए । त्यस्तै सुनिल भण्डारीले १६ बलमा ४ चौकासहित २८ रन, सोम शर्माले १० बलमा १ चौका र १ छक्कासहित २० रन बनाए । एचएसबिका गम्भीर जंगमल्लले ३ ओभरमा ३३ रन दिँदै २ विकेट लिएका थिए भने आकाश विष्ट र रबिश बर्माले १÷१ विकेट लिएका थिए ।

त्यस्तै जवाफी ब्याटिङमा एचविएका हर्शद भण्डारीले २४ बलमा ६ चौकासहित ३७ रन बनाए । साथै रबिश बर्माले १३ बलमा १ चौका र २ छक्काको मद्दतले २२ र कुनवार धनन्जया सिंहले १५ बलमा २ चौकासहित १९ रनको योगदान दिए ।

प्रतियोगितमा ज्योतिका सोम शर्माले पेल्यर अफ द म्याचको उपाधि हासिल गरे । लिगमा आठवटा टिमको सहभागिता रहेको छ । लिगमा प्रथम टिमलाई १ लाख, दोस्रो टिमलाई ५० हजारको पुरस्कार राखिएको छ । साथै म्यान अफ द म्याच, बेस्ट ब्याटर, बेस्ट बलर र म्यान अफ त सिरिजको पनि व्यवस्था रहेको छ ।