नेपालगन्ज २३ जेठ : कोेहलपुर क्रिकेट मैदानमा सञ्चालित नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिग प्रतियोगिताको पहिलो खेलमा जनचेतना युवा क्लब एचविए च्याम्पस्सँग ३५ रनले पराजित भएको छ ।
टस हारेर ब्याटिङ गरेको एचविए निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३७ रन बनाउँदा जनचेतनामाले १७.६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो । प्रतियोगितामा एचविएका सिद्धार्थ श्रेष्ठले ३२ बलमा ६ चौकासहित ४२ रनको योगदान दिए । त्यस्तै हर्सल भण्डारीले ४७ बलमा ३ चौकाको मद्दले ४० रन बनाए ।
जनचेतनामा बलर इरफान खानले ४ ओभरमा १९ रन दिँदै ३ विकेट र विशाल पौडेलले ४ ओभरमा १६ रन दिँदै २ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको जनचेतनाले कुशल प्रदर्शन गर्न सकेन । जनचेतनाका लागि सम्मु खानले ३४ बलमा ३ चौकाको मद्दतले २७ बनाए भने प्रबेश यादव र असिफ खानले १०/१० रन बनाए ।
एचविएका बलर आकाश भट्ट, साकिप कासगरले र रबिश बर्माले समान २/२ विकेट लिए । प्रतियोगितामा प्लेयर अफ द म्याचमा एचविएका ब्याटस्म्यान सिद्धार्थ श्रेष्ठ घोषित भए ।
त्यसैगरी सोमबार साँझ भएको अर्को प्रतियोगितमा मंगोलियन स्पोर्टस् क्लबले जगुआर क्रिकेट क्लबलाई ३२ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको मंगोलियनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो भने ज्यागुवारले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ ।
मंगोलिनका लागि दिपेश बर्मालेले ३४ बलमा ४ चौकासहित ३९ रन बनाउँदै नटआउट रहे । साथै संकेट पुनले ३२ बलमा ३ चौका र २ छक्कासहित ३५ रन बनाए सागर पौडेलले २२, यस हमालले १७ रनको योगदान दिए ।
जगुआरका बलर अमित पौडेल, हसिब अन्सारीले २/२ विकेट लिएका छन् ।
त्यसैगरी जवाफी ब्याटिङमा उत्रेका ज्यागुवारका सदाब अन्सारीले १३ बलमा ५ चौकासहित २४ रन, मनोज यादवले १५ बलमा २ चौका र १ छक्कासहित २० र इमरान आलम खानले २७ बलमा २ छक्काको मद्दतले १८ रन बनाएका थिए ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी