स्वास्थ्यकर्मी संघ स्थापना दिवसमा कोभिड सचेतीकरण कार्यक्रम
नेपालगन्ज २४ जेठ : नेपाल स्वास्थ्यकर्मी संघको ३१ औं स्थापना दिवस बाँकेमा विविध कार्यक्रम गरि मनाइएकोछ । स्थापना दिवका अवसरमा कोभिड सचेतीकरण कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
संघको स्थापना दिवसको अवसरमा नेपालगन्जको जमुनाहा नाकामा मास्क वितरणसँगै सचेतीकरण कार्यक्रमको आयोजना गरियो । सो अवसरमा बोल्दै नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले मास्कको प्रयोग जरुरी रहेको बताए ।
भाइरस संक्रमणको जोखिम कायमै रहेकाले मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गरिनुपर्ने र सरसफाईमा विशेष ध्यान दिनुपर्ने नगरप्रमुख विष्टले जोड दिए । उनले कोरोना महामारीमा स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बाँकेको आयोजनामा कार्यक्रम गरिएको हो ।
संघका अध्यक्ष टेकबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा दुई हजार मास्क र सेनीटाइजर वितरण गरिएको संघका सहसचिव तेज ओलीले जानकारी दिए ।
यसैबीच, भारतका विभिन्न ठाउँबाट नेपाल फर्किनेहरुमा कोरोना भाइरस संक्रमण देखिन थालेकोछ । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिएको हो ।
अधिकांस नेपाली भारतका विभिन्न शहरमा काम गर्न पुगेको र त्यहाँबाट फर्किँदा विगतझै पुनः कोरोना संक्रमित भइ फर्किन थालेका हुन् ।
यसैक्रममा भारतबाट फर्किएका ३ जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । भारतको रुपैडिहा हुँदै नेपालगन्ज आइपुगेका ३ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीले बताए ।
‘केही दिन यता जमुनाहा नाकामा भारतका विभिन्न स्थानबाट आउने नेपालीहरुमा कोभिड पुष्टी भइरहेको छ,’ उनले भने । फोकल पर्शन ओलीका अनुसार सोमबार बिहान मात्र दैलेख, प्युठान र जाजरकोटका १÷१ जना गरि ३ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको हो । फोकल पर्शन ओलीले कोरोना संक्रमण पुनः देखिन थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे ।
थप समाचार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’