स्वास्थ्यकर्मी संघ स्थापना दिवसमा कोभिड सचेतीकरण कार्यक्रम
नेपालगन्ज २४ जेठ : नेपाल स्वास्थ्यकर्मी संघको ३१ औं स्थापना दिवस बाँकेमा विविध कार्यक्रम गरि मनाइएकोछ । स्थापना दिवका अवसरमा कोभिड सचेतीकरण कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
संघको स्थापना दिवसको अवसरमा नेपालगन्जको जमुनाहा नाकामा मास्क वितरणसँगै सचेतीकरण कार्यक्रमको आयोजना गरियो । सो अवसरमा बोल्दै नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले मास्कको प्रयोग जरुरी रहेको बताए ।
भाइरस संक्रमणको जोखिम कायमै रहेकाले मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गरिनुपर्ने र सरसफाईमा विशेष ध्यान दिनुपर्ने नगरप्रमुख विष्टले जोड दिए । उनले कोरोना महामारीमा स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बाँकेको आयोजनामा कार्यक्रम गरिएको हो ।
संघका अध्यक्ष टेकबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा दुई हजार मास्क र सेनीटाइजर वितरण गरिएको संघका सहसचिव तेज ओलीले जानकारी दिए ।
यसैबीच, भारतका विभिन्न ठाउँबाट नेपाल फर्किनेहरुमा कोरोना भाइरस संक्रमण देखिन थालेकोछ । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिएको हो ।
अधिकांस नेपाली भारतका विभिन्न शहरमा काम गर्न पुगेको र त्यहाँबाट फर्किँदा विगतझै पुनः कोरोना संक्रमित भइ फर्किन थालेका हुन् ।
यसैक्रममा भारतबाट फर्किएका ३ जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । भारतको रुपैडिहा हुँदै नेपालगन्ज आइपुगेका ३ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीले बताए ।
‘केही दिन यता जमुनाहा नाकामा भारतका विभिन्न स्थानबाट आउने नेपालीहरुमा कोभिड पुष्टी भइरहेको छ,’ उनले भने । फोकल पर्शन ओलीका अनुसार सोमबार बिहान मात्र दैलेख, प्युठान र जाजरकोटका १÷१ जना गरि ३ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको हो । फोकल पर्शन ओलीले कोरोना संक्रमण पुनः देखिन थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे ।
थप समाचार