समूह विजेता बन्दै ज्योति सेमिफाइनलमा


समूह विजेता बन्दै ज्योति सेमिफाइनलमा

नेपालगन्ज २४ जेठ : ज्योति स्पोर्टस् एकेडेमी ‘ए’ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । मंगलबार कोेहलपुर क्रिकेट मैदानमा सञ्चालित नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिग प्रतियोगितामा जनचेतना युवा क्लाबलाई ३६ रनले हराउँदै ज्योति समूह ‘ए’ बिजेता बनेको हो ।

टस जितेर ब्याटिङ गरेको ज्योतिले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिले १ सय ४८ रन बनाउँदा जनचेतनाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १२ रन बनाएको छ ।

ज्योतिका लागि साईजाद बागवानले ३२ बलमा ३ चौकाको मद्दतले ४१ रन बनाए । अनुज ठकुरीले २८ बलमा ५ चौकासहित ३२ रन बनाए । जनचेतनाका बलर सम्मु खान र नफिस खानले २/२ विकेट दिएका छन् ।
जवाफी ब्याटिङमा जनचेतनाका सम्मु खानले २५ बलमा २ चौकासहित २१ रन बनाए भने आफिस खानले १ चौकाको मद्दतले १६ रन बनाए ।

ज्योतिका बलर सोम शर्माले ४ ओभरमा २९ रन दिँदै ४ विकेट लिएका थिए भने सुनिल भण्डारीले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिएका हुन् । खेलमा ज्योतिका सोम शर्मा प्लेयर अफ द म्याच घोषित भएका छन् ।
त्यसैगरी मंगलबार साँझ भएको अर्को खेलमा ज्योति स्पोर्टस् एकेडेमी ‘बी’ ले कोहलपुर स्पोर्टस् एकेडेमीलाई ३३ रनले हराएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सुरुमा ब्याटिङ गरेको ज्योतिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । ज्योतिका लागि बसिर अहमदले ६२ बलमा ७ चौका र १ छक्काको मद्दले ४५ रन, सिद्धार्थराज शाहीले २२ बलमा २ चौकासहित ३१ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा उत्रीएको कोहलपुरले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन बनाउन सक्यो । कोहलपुरका लागि कुनै पनि खेलाडी २० रन पनि बनाउन सकेनन् ।