निर्धारीत समयमै योजना सम्पन्न गर्न समितिलाई मन्त्री अथकको निर्देशन
नेपालगन्ज २५ जेठ : फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष तथा सदस्यलाई नियुक्ती पत्र प्रदान गरीएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष सुवास शाही र सदस्य कल्पना दियाकोटीलाई नियुक्ती पत्र प्रदान गरेका हुन् । नियुक्ती पत्र हस्तान्तरण गर्दै मन्त्री अथकले निर्धारित समयमै योजना सम्पन्न गर्ने गरी काम अगाडी बढाउन निर्देशन समेत दिए ।
फाप्ला क्रिकेट मैदानका परिकल्पनाकारलाई नै सरकारले विकास समितिको अध्यक्ष बनाएको भन्दै मन्त्री अथकले सबै पक्षलाई समेटेर राष्ट्रकै गौरव गर्न लायकको संरचना बनाउन निर्देशन दिए । साथै मन्त्री अथकले समितिका नवनियुक्त पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना समेत दिएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास समितिको अध्यक्षमा शाही र दियाकोटीलाई सदस्यमा मनोनित गरेको थियो । फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९ बमोजिम ३ वर्षे कार्यकालका लागि शाहीलाई समितिको अध्यक्षमा नियुक्त गरीएको हो ।
क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि ९ सदस्यीय विकास समिति गठन गर्ने व्यवस्था छ । जसअन्तर्गत समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन सदस्य रहने ब्यवस्था छ भने सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष समेत विकास समितिको सदस्य रहनेछन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी