एचविए उपविजेता बन्दै सेमिफाइनमा


एचविए उपविजेता बन्दै सेमिफाइनमा

नेपालगन्ज २५ जेठ : एचविए च्याम्पस् ‘ए’ समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बुधबार कोेहलपुर क्रिकेट मैदानमा सञ्चालित नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिग प्रतियोगितामा विग्ये एण्ड बोथ स्पोर्टस् क्लबलाई ७ विकेटले हराउँदै एचविएले सेमिफाइनलको यात्रा तय गरेको हो ।

प्रतियोगितामा विग्ये एण्ड बोथले ब्याटिङ गर्दै १७.६ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८६ रन बनाएको थियो । विग्येका लागि अंकुर सिंगले ४४ बलमा ३ चौकाको मद्दतले २६ रन बनाए भने विकाश भट्टराईले १८ बलमा ३ चौकासहित १६ रन बनाए ।

एचविएका लागि बलर जानु कासगरले ३ ओभरमा १ मेडन राख्दै ५ रन दिएर ३ विकेट लिए । त्यस्तै निजमुद्दीन हलवाइ, सुलभ चौधरीले ३/३ विकेट लिए ।

जवाफी ब्याटिङमा एचविएले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । जसमा सद्धाम खानले ३० बलमा ७ चौकासहित ४२ रन बनाउँदै नटआउट रहे । साथै सिद्धार्थ श्रेष्ठेले ५ बलमा २ चौकाको मद्दतले १० रन बनाए ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतियोगितामा निजामुद्दीन हलवाइ म्यान आफ द म्याच घोषित भए ।

यसअघि ज्योति स्पोर्टस् क्लब ‘ए’ समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । ज्योतिले मंगलबार जनचेतना युवा क्लबलाई ३६ रनले पराजय गरेको थियो ।

त्यसैगरी बुधबार भएको अर्को खेलमा ज्योति स्पोर्टस् एकेडेमीले जगुआर क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको जगुआरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिले १ सय २० रन बनाउँदो जवाफी ब्याटिङमा ज्योतिले १२.१ ओभरमा ३ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो ।

जितका लागि ज्योतिका वासिर अहमदले ३८ बलमा ९ चौका र २ छक्काको मद्दतले ६४ रन बनाए । त्यस्तै प्रज्वल शाहीले ३१ बलमा ५ चौकासहित ३६ रनको योगदान दिए ।
प्रतियोगितामा ज्योतिका वासिर अहमद म्यान आफ द म्याच घोषित भए ।

लिगमा प्रथम टिमलाई १ लाख, दोस्रो टिमलाई ५० हजारको पुरस्कार राखिएको छ । साथै म्यान अफ द म्याच, बेस्ट ब्याटर, बेस्ट बलर र म्यान अफ त सिरिजको पनि व्यवस्था रहेको छ ।