नेपालगन्ज ३० जेठ : गर्मी अत्याधिक बढेपछि बाँकेको डुडुवा गाउँपालिकाले पाँच दिन गर्मी विदा दिएको छ । आजदेखि असार ३ गतेसम्म पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरुबन्द रहने शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि बाँकेका पालिकाहरुले गर्मी विदा दिएका हुन् ।
देशकै अत्यधिक गर्मी हुने बाँकेमा पछिल्ला केही दिनदेखि ह्वात्तै गर्मी बढेकोछ । गर्मी बढ्नुका साथै तातो हावा (लू) चलिरहेको छ । जसले गर्दा विद्यार्थी लगायतलाई पठनपाठनमा असर परिरहेकोछ ।
गर्मीका कारण बाँकेको ८ पालिकामध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले ५ दिनका लागि विद्यालयमा बिदा दिइसकेकाछन् । गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै यी पालिकाले जेठ २७ गतेदेखि भोली जेठ ३१ गतेसम्मका लागि विद्यालय बन्द गरेकाछन् ।
केही दिन यता बढेको अत्यन्तै गर्मीका कारण विद्यालयको पठनपाठन प्रभावित बन्न पुगेकोछ । कतिपय पालिकाले विहान विद्यालय सञ्चालन गरेर मध्यान्हको प्रचण्ड गर्मीमा विद्यार्थीहरु काकाकुल भएर घर फर्किने गरेकाछन् ।
हालसम्म बाँकेका ८ पालिका मध्ये नेपालगन्ज, कोहलपुर, खजुरा र डुडुवा गाउँपालिकाले सूचना जारी गर्दै विद्यालय बन्द गरेको जनाएकाछन् ।
कोहलपुर नगरपालिकासंगै राप्तीसोनारी, बैजनाथ, जानकी र नरैनापुर गाउँपालिकाले यस विषयमा अझै निर्णय गरिसकेको छैन ।
थप समाचार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’