डुडुवा (बाँके) ३१ जेठ : बाँकेको डुडुवा गाउँपालिकामा १५० जना कुपोषित बालबालिका रहेको पाइएकोछ ।
चालु आर्थिक वर्ष २०७८।०७९ मा डुडुवामा भेटिएका १५० जना कुपोषित बालबालिका मध्ये १६ जना नयाँ र ४ जना अति जोखिम कुपोषित बालबालिका रहेको डुडुवा स्वास्थ्य शाखाका सिताराम चौधरीले बताए ।
गत आर्थिक वर्ष २०७७।०७८ मा १५३ जना कुपोषित बालबालिकाहरु भेटिएका थिए । त्यसमा २४ जना नयाँ जोखिम कुपोषित बालबालिका रहेका थिए । भने अति जोखिम नयाँ ५ जना कुपोषित बालबालिका रहेको स्वास्थ्य शाखाले जनाएको ।
यसैबीच, डुडुवामा बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी ५ दिने तालिम शुरु भएको छ ।
डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित तालिममा डुडुवाका सबै स्वास्थ्य चौकी अन्र्तगतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।
तालिममा पोषण, सुत्केरीको खाना, गर्भवतीको स्याहार, कुपोषणबाट बच्ने उपाय, बालबालिकाको स्याहार, स्वास्थ्य सरसफाई, खानाको मात्रा लगायतका बारेमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, सह संयोजक विरेन्द्र घलेले सहजीकरण गरिरहेका छन् । यो तालिम दुई चरणमा गरिनेछ ।
थप समाचार