भलिबल कोर्ट निर्माण सहयोगार्थ बागमती प्रदेश न्यू डायमण्ड कपको तयारी पुरा


भलिबल कोर्ट निर्माण सहयोगार्थ बागमती प्रदेश न्यू डायमण्ड कपको तयारी पुरा

नेपालगन्ज १३ असार : भलिबल कोर्ट निर्माण सहयोगार्थ बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएकोछ ।

आयोजकमध्येको न्यू डायमण्ड स्पोर्ट्स क्लबले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता मंगलबारदेखि शनिबारसम्म कीर्तिपुरस्थित कभर्डहलमा हुनेछ ।

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमण्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा हुने ‘बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मंगलबारेदेखि शुरु हुने हुनेछ ।

प्रतियोगितामा न्यू डायमण्ड स्पोर्टस् क्लबसँगै दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबसँगै परोपकार आदर्श माध्यविक विद्यालय काठमाडौं गरी चार टोलीको सहभागिता रहने छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतियोगिता संयोजक कुमार राईले प्रतियोगितामा ५ टोलीको सहभागिता रहने भनिएपनि आर्मीले आफ्नो कारण देखाउँदै प्रतियोगितामा सहभागिता नजाउने भएपछि चार टोलीबीच नै प्रतिस्पर्धा हुने भएको जानकारी गराए ।

खेलहरु राउण्ड रोविन लिगको आधारमा हुनेछ । राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो र चौथो हुनेले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन् । दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन् । तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र तथा चौथो हुनेले ७५ हजार रुपैया र प्रमाणपत्र गर्नेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । अन्य विधागत उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको मुख्य उद्देश्य न्यू डायमण्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार बापतको २० प्रतिशत दिनुपर्नेछ ।

यस प्रतियोगिताको अनुमानित बजेट ४० लाख रुपैयाँ रहेकोमा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले २० लाख र बाँकी २० लाख न्यु डायमण्ड स्पोर्ट्स क्लबले ब्यहोर्नेछ । टिकटको कुनै व्यवस्था नगरिएको र त्यहीबाट सहयोग रकम उठाउने आयोजकले जनाएको छ ।