रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्री अथकको प्रतिवद्धता


रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्री अथकको प्रतिवद्धता

नेपालगन्ज २३ असार : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकाछन् ।

एशियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहिबार बिहान बीएण्डबी अस्पताल पुगेका मन्त्री अथकले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए । उनले घाईतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत जनाए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाईते भएकी रेणुकाको क्यारिकल बोन (ब्यूटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ उनको शल्यक्रिया गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

शल्यक्रियापछि अस्पतालमै उपचार गराईरहेकी नगरकोटीलाई भेट्न मन्त्री अथक बिहिबार बिहान ललितपुरको बीएण्डबी अस्पताल पुगेका हुन् । उनलाई केही दिनमै डिस्चार्ज गर्ने तयारी गरीएको अस्पताल प्रशासनले जनाएको छ ।