निर्धारीत मितिमै प्रतियोगिता हुन्छ : खेलकुद मन्त्री अथक

प्रतियोगिताका लागि ६० करोड बजेट स्विकृत


निर्धारीत मितिमै प्रतियोगिता हुन्छ : खेलकुद मन्त्री अथक

नेपालगन्ज २४ असार : आगामी २८ असोजदेखि कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले दोहोर्‍याएकाछन् ।

यसअघि पनि निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुने बताउँदै आएका मन्त्री अथकले काठमाण्डौंमा शुक्रबार सम्पन्न प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठकमा उनले तोकिएको मितिमै प्रतियोगिता सम्पन्न हुने दोहोर्‍याएकाछन् हुन् ।

कोभिड–१९ का कारण लामो समयदेखी रोकिएको प्रतियोगिता सञ्चालन गरेर खेलकुद क्षेत्रमा देखिएको नैराश्यता हटाउनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले भब्य रुपमा प्रतियोगिता सञ्चालन हुनेमा ढुक्क हुन आग्रह समेत गरे ।

‘यो प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरि प्रतियोगिता सञ्चालन गर्नेछौं । उपयुक्त मौसमलाई छनोट गरि दशैँ सकेर प्रतियोगिता सञ्चालन हुनेछ । त्यसले खेलाडीलाई झनै खुशी दिनेछ’ मन्त्री अथकले भने, ‘मौसम विज्ञसँग छलफल गरेर मिति तय गरेका छौं, निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुन्छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्री अथकले प्रतियोगिता आयोजनाका लागि पोखरामा भौतिक पुर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव हुने देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताए ।

गण्डकी प्रदेशको पोखरामा २८ असोजदेखि कात्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी स्वरुप युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले शुक्रबार मुल आयोजक समितिको पहिलो बैठक बोलाएका हुन् ।
बैठकमा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, सात वटै प्रदेश खेलकुद परिषदका सदस्य सचिव, विभिन्न खेल संघका प्रतिनिधि तथा ३ वटा विभागीय टिम र एनआरएनका प्रतिनिधिको सहभागीता रहेको थियो । प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एनआरएन समेत गरी ११ टिमले सहभागीता जनाउने छन् ।

बैठकले प्रतियोगितालाई भब्यरुपमा सम्पन्न गर्न विभिन्न निर्णयहरु पारीत गरेको छ । मन्त्री अथकको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पेश गरेका विभिन्न प्रस्ताव सर्वसम्मतले पास गरेको हो । जसअन्तर्गत प्रतियोगितामा ११ वटा टिम सहभागी गराउने, विभिन्न ३६ वटा विधामा प्रतियोगिता संचालन गर्ने, प्रतियोगिता संचालन तथा ब्यवस्थापनका लागि कार्यकारी समिती गठन गर्ने, १४ वटा उपसमिती गठन गर्ने लगाएतका निर्णयहरु रहेका छन् ।

यस्तो छ पहिलो बैठकका मुख्यनिर्णयहरु :
१) आगामी २८ असोजदेखि कात्तिक ३ गतेसम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने ।
२) प्रतियोगिता संचालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने ।
३) प्रतियोगिताका लागि १४ वटा उपसमिती गठन गर्ने ।
४) प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने ।
५) प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिष्प्रर्धा गराउने ।
६) नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखी लागु हुने गरी मुख्य ट्रफी निर्माण गरिने । र, उक्त ट्रफिलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने ।
७) लगातार तीन वटा प्रतियोगिता विजेतालाई ट्रफी प्रदान गरिने ।
८) प्रतियोगिताका लागि ६० करोड बजेट स्विकृत ।