गोही उद्दार गर्नेक्रममा निकुञ्जका रेन्जर रावत घाइते, उपचारका लागि काठमाण्डौं पठाउने तयारी


गोही उद्दार गर्नेक्रममा निकुञ्जका रेन्जर रावत घाइते, उपचारका लागि काठमाण्डौं पठाउने तयारी

नेपालगन्ज २६ असार : सिक्टाक ब्यारेजको अगैया पुल माथि आईतवार बिहान फेला परेको मगर गोहीलाई उद्धार गर्ने क्रममा एकजना घाईते भएकाछन् । गोहीले एक्कासी आफ्नो पुच्छरले प्रहार गर्दा बाँके राष्ट्रिय निकुञ्जका रेन्जर यमबहादुर रावत घाईते भएका हुन् ।

गोहीको पुच्छरले रावतको घुँडामा गम्भीर चोट लागेकाले तत्काल नेपालगन्ज स्थित वेस्टर्न अस्पताल पु¥याईएको र चिकित्सकले अप्रेशन गर्नुपर्ने बताएपछि थप उपचारकालागि काठमाण्डौ पठाउने तयारी गरिरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिए ।

उद्धार गरिएको गोहीलाई भने अगैया स्थित झेलुङ्गे पुल नजिकै सुरक्षित रुपमा छोडिएको शाहले बताए ।

आईतबार एकाबिहानै अगैया पुलमाथि जमिनमा गोही देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी अगैयाका इन्चार्ज प्रहरी सहायक निरीक्षक खिम रानाले करिब ५ फिट लामो मगर गोही पुलमाथी फेला परेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रहरीबाट खबर पाए लगत्तै राप्तीसोनारी –८ ओभरी स्थित बाँके राष्ट्रिय निकुञ्जको टोली गोहीको उद्दारमा खटिएको थियो ।

राप्तीनदीमा शनिवार आएको ठुलो बाढीपछि आईतवार एकाबिहानै राप्तीसोनारी गाउँपालिका–२ अगैया बजार क्षेत्रतिरको पुल छेउमा मगर गोही फेला परेको थियोे ।

अगैया बजार क्षेत्र वरिपरिका संयौ स्थानीयहरु गोही हेर्ने तथा फोटो, भिडियो खिच्नेको केहीबेर भिड लागेको थियो । यस अघि छिटफुट रुपमा पानीमा गोही देखिएपनि यसरी पुलमाथि नै गोही देखिएको पहिलो पटक हो ।

सिक्टा ब्यारेज भन्दामाथि पुर्वी क्षेत्रमा संकटा पन्न घडियाल गोहीकालागि उपयुक्त स्थान पहिचान गरिएको र थप अध्ययन गरेर घडियाल गोही छोड्ने तयारी रहेको निकुञ्ज प्रमुख साहले बताए ।

आईतवार फेला परेको मगर गोही पनि उपयुक्त बासस्थान खेज्दै अगैयासम्म आएको हुनसक्ने निकुञ्ज अधिकारीहरुको भनाई छ । पछिल्लो समय पर्यटकीय गन्तब्यको प्रमुखद्वार बन्दै गएको अगैयामा दैनिक जसो बाह्य तथा आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।