नीलसागरका बृद्धाबृद्धलाई एनमबी बैंकका कर्मचारीले खाना खुवाए


नीलसागरका बृद्धाबृद्धलाई एनमबी बैंकका कर्मचारीले खाना खुवाए

नेपालगन्ज २२ साउन : एनएमबी बैंकका कर्मचारीले बृद्धबृृद्धालाई खाना खुवाएकाछन् । नेपालगन्जमा रहेको एनएमबी बैंकका कर्मचारीहरुले खाजा खर्च जोगाएर नेपालगन्ज स्थित नीलसागर सेवाआश्रमका बृद्धबृद्धालाई खाना खुवाएका हुन् ।

एनएमबी बैंक नेपालगन्ज एरिया म्यानेजर मेघराज तिमिन्सिनाको नेतृत्वमा गएको बैंकका १५ जना कर्मचारीले शनिबार बृद्धबृद्धाहरुलाई खाना खुवाएका थिए ।

साताभरी काम गरेर विदाको दिन साथीभाइसंग रमाइलो गरि केही रकम खर्च गर्ने गरेका बैंकका कर्मचारीहरुले उक्त रकमलाई सदुपयोग गर्दै सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यले नीलसागर सेवाआश्रमका बृद्धबृद्धाहरुलाई एक छाक खाना खुवाएर शनिबार मनाएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

‘एक दिन भए पनि सामाजिक कार्यमा खाजा खर्चबाट केही रकम खर्च भएपनि हाम्रो यो कार्यले आमाबुवाले खाना खान पाउनु भयो’ बैंककी कर्मचारी रुचा पोख्रेलले बताइन् ।

उनले भनिन्–‘यसखाले काम जोसुकैले पनि गर्नसक्छ । हाम्रो सानो साथ र सहयोगले बृद्धाबृद्धको भोको पेट भरिन्छ ।’

एनमबी बैंकका १५ जना कर्मचारीहरु मिलेर उक्त खाना खुवाएका हुन् । बृद्धाबृद्धलाई खाना खुवाउन एनमबी बैंकका एरिया म्यानेजर मेघराज तिमिन्सिनासहति ब्रान्च म्यानेजरहरु रविन पाण्डे, प्रविन श्रेष्ठ, नवल आचार्यको समेत उपस्थिति रहेको थियो ।

एनमबी बैंकका कर्मचारीहरुले नीलसागर सेवाआश्रमका आमाबुवालाई एक छाक खानाको जोहो गरेकोमा सेवाआश्रममा रहेका आमा बुबाले आर्शिवाद दिएका थिए ।