खेलकुद मन्त्री अथकद्वारा लमही क्रिकेट मैदानको अवलोकन


खेलकुद मन्त्री अथकद्वारा लमही क्रिकेट मैदानको अवलोकन

नेपालगन्ज २४ साउन : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेकाछन् ।

गृहजिल्ला पुगेका बाँके पुगेका मन्त्री अथकले सोमबार निर्माणाधिन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा मन्त्री अथकले रंगशालाको बाँकी काम छिट्टै पुरा गर्न आवश्यक बजेट बिनियोजन गरीने बताए । लमही क्रिकेट रंगशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने बताउँदै मन्त्री अथकले पूर्वाधारका बाँकी कामहरुको बारेमा समेत जानकारी लिएका थिए ।

आफुले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेर हेरीरहेकाले मन्त्रालयले आवश्यक बजेट बिनियोजन गर्नेमा ढुक्क हुन मन्त्री अथकले आश्वासन दिए ।

Kids Festival 2022
kanti aarogya hospital

आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरीएको थियो । आठौं राष्ट्रिय प्रतियोगिताको दौरान रंगशालामा केही भौतिक पूर्वाधारहरु निर्माण गरीएपनि प्याराफिट लगाएतका संरचना निर्माणको काम अझै बाँकी रहेको छ ।