गुलरिया(बर्दिया) ३१ साउन : बर्दियाका आठवटा स्थानीय तहको बेरुजु डेढ अर्ब पुगेको छ ।
महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार स्थानीय तहको जिम्मेवारी सम्हालेका जनप्रतिनिधिको ५ बर्षे पहिलो कार्यकाल सकिँदा जिल्लामा बेरुजुको चाँङ लागेको हो ।
प्रतिवेदन अनुसार आर्थिक बर्ष आ.व. २०७७/०७८ मा जिल्लाका आठ पालिकाको बेरुजु ४३ करोड ८६ लाख ५० हजार रहेको छ भने यसअघिका वर्षको समायोजन र सम्परीक्षणबाट हालसम्मको अद्यावधिक बेरुजु १ अर्ब ४९ करोड ७२ लाख पुगेको हो ।
महालेखाका अनुसार आ.व. २०७७/०७८ मा बर्दियामा सबैभन्दा बढी बेरुजु बढैयाताल गाउँपालिकाको ९ करोड ९१ लाख २ हजार छ भने सबैभन्दा कम राजापुर नगरपालिकाको २ करोड १६ लाख ६४ हजार छ ।
प्रतिबेदन अनुसार बर्दियाका स्थानीय तहहरुको कुल अद्यावधिक बेरुजु मध्य सबैभन्दा बढी गुलरिया नगरपालिकाको पुगेको छ । यसअघिका वर्षको समायोजन र सम्परीक्षणबाट गुलरियाको २९ करोड ४४ लाख ५३ हजार बढी फस्र्यौट हुन बाँकी बेरुजु पुगेको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/७८ मा बर्दियामा पालिका तह अनुसार बेरुजुमा गेरुवा गाउँपालिकाको ८ करोड ७६ लाख ७७ हजार, बाँसगढी नगरपालिकाको ४ करोड २० हजार, बढैयाताल गाउँपालिकाको ९ करोड ९१ लाख २ हजार, गुलरिया नगरपालिकाको ६ करोड ९० लाख ३५ हजार, बारबार्दिया नगरपालिकाको ४ करोड ९५ लाख ७ हजार, राजापुर नगरपालिकाको २ करोड १६ लाख ६४ हजार, ठाकुरबाबा नगरपालिकाको ३ करोड ५५ लाख ९९ हजार र मधुवन नगरपालिकाको ४ करोड ४२ लाख ३६ हजार रहेकोछ ।
हालसम्मको बर्दिया जिल्लाको पालिका अनुसार कुल बेरुजु क्रमश २१ करोड ७० लाख ४९ हजार, १९ करोड ३२ लाख ३ हजार, २४ करोड ९७ लाख ८८ हजार, २९ करोड ४४ लाख ५३ हजार, ११ करोड ६९ लाख ४० हजार, १० कररोड १ लाख ८० हजार, १६ करोड २७ लाख ८ हजार र १६ करोड २८ लाख ९९ हजार गरि १ अर्ब ४९ करोड ७२ लाख बर्दिया जिल्लाको बेरुजु रहेकोछ ।
हरेक बर्ष बेरुजु थपिदै गएपनि फच्छ्र्यौट नगर्दा आर्थिक बेथिति बढ्ने गरेको छ । स्थानीय तहले कानून विपरित खर्च गर्नुका साथै आफूखुसी कार्य गर्दा आर्थिक अराजकताले बढावा पाएको हो ।
थप समाचार