नेपालगन्ज २ भदौ : आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि बाँकेको क्षेत्र नम्बर–३ बाट एमालेका तीन जना आकांक्षी देखिएका छन् । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, जिल्ला सचिव रत्न खत्री र युवा नेता भिम ओलीले प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवार बन्ने अहिलेसम्म आकांक्षा देखाएका हुन् ।
सरकारले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने निर्णय गरिसकेको छ । निर्वाचन मिति घोषणा पश्चात निर्वाचन आयोगले आफ्नो तयारी गरिरहँदा दलभित्र उम्मेदवारका आकांक्षी देखिन थालेका हुन् । बाँकेको क्षेत्र नम्बर–३ मा नेकपा एमालेले लगातार दुई पटक जित्दै आएको छ ।
२०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका बादशाह कुर्मीलाई पराजित गर्दै बामगठबन्धनका तर्फबाट नेकपा एमालेका नन्दलाल रोकाय प्रतिनिधी सभामा निर्वाचित भएका थिए । त्यसअघि २०७० सालको निर्वाचनमा पनि नेपाली काँग्रेसका कृष्णमान श्रेष्ठलाई हराउँदै एमालेका दलबहादुर सुनार निर्वाचित भएका थिए ।
२०७९ सालको स्थानीय निर्वाचनमा भने क्षेत्र नम्बर–३ को अवस्था केही फेरिएको छ । क्षेत्र नम्बर–३ अन्तरगत पर्ने जानकी र बैजनाथ गाउँपालिका दुबैमा काँग्रेसले प्रमुख र उप–प्रमुख सहित बहुमत ल्याएको छ । यस्तै खजुरा गाउँपालिकामा काँग्रेस र माओबादी केन्द्रको गठबन्धनले जितेको छ ।
आसन्न प्रतिनिधी सभा निर्वाचनमा पनि २०७४ सालकै आफ्नो विरासत कायम राख्ने एमालेको रणनीति छ । यसका लागि पार्टीभित्र उम्मेदवार बन्ने तिब्र आकांक्षा बढेको देखिन्छ । जिल्ला अध्यक्ष कक्षपति २०७४ को स्थानीय निर्वाचनमा खजुरा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
उनी यसपटक पार्टीले प्रतिनिधी सभाको टिकट दिएपछि लड्ने आकांक्षामा छन् । उनी निकट नेताका अनुसार टिकट पाएपछि प्रतिनिधी सभामा मात्रै लड्ने मनस्थितीमा छन् । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेशको सदस्य सचिव समेत भइसकेका नेता ओली पार्टीको विभिन्न जिम्मेवारीमा बस्दै आएका छन् । विगतको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन सक्रिय भएका ओली यसपटक आफै लड्ने दाउमा छन् ।
सकभर प्रतिनिधी सभाको उम्मेदवार बन्ने आकांक्षा राखेका उनी पार्टीले अन्तिममा प्रदेश सभाको टिकट दिएपनि लड्ने ओलीको योजना छ । एमाले बाँकेको सचिवमा दोस्रो पटक दोहोरिएका खत्रीले पनि प्रतिनिधी सभाको उम्मेदवारको टिकट ताकेका छन् । उनी निकट नेताका अनुसार अन्तिममा यदी उनले प्रतिनिधी सभाको टिकट नपाउने अवस्था आएमा प्रदेश सभामा भएपनि लड्ने सोच बनाएका छन् ।
थप समाचार
बाँके क्षेत्र–३ मा विरासत जोगाउन काँग्रेसमा नयाँ र पुराना अनुहारको चर्चा
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी