नेपालगन्ज २८ साउनः प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन तोकिएपछि बाँकेको क्षेत्र नम्बर–३ मा उम्मेदवारबारे चर्चा चुलिएकोछ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरिसकेको छ । सरकारको घोषणा पश्चात निर्वाचन आयोगले चुनाव गराउने तयारी अगाडी बढाइसकेको छ ।
आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि क्षेत्र नम्बर–३ बाट काँग्रेसका पुराना र नयाँ अनुहारले आकांक्षा देखाएका छन् । उक्त क्षेत्रबाट प्रतिनिधी सभा निर्वाचनका लागि नेता मेघराज ओली, बादशाह कुर्मी र लक्ष्मीनारायण शाहले उम्मेदवार बन्ने आकांक्षा देखाएका हुन् ।
क्षेत्र नम्बर–३ बाट हाल काँग्रेसको महासमिति सदस्य समेत रहेका ओलीले यसपटक प्रतिनिधी सभाका लागि तीब्र आकांक्षा देखाएका छन् । काँग्रेसका जिल्लादेखी केन्द्रिय स्तरका नेताले समेत चुनाव लड्न उनलाई सुझाव दिएका छन् ।
यस्तै सोही क्षेत्रबाट चुनाव लड्ने पार्टीका महाधिवेशन प्रतिनिधी कुर्मी र महासमिति सदस्य तथा हाल काँग्रेसका जिल्ला सदस्य रहेका शाहले पनि आकांक्षा राखेका छन् । उनीहरु पनि आफ्नो तयारी स्वरुप भेटघाटमा ब्यस्त छन् ।
नेता कुर्मीले पटक–पटक अवसर पाउँदै आएका छन् । शाहले पनि एक पटक अवसर पाईसकेका छन् । काँग्रेसले नेता कुर्मीलाई बाँकेबाट २०६४ र २०७० सालमा दुई पटक संविधान सभा सदस्य बनाएको थियो । २०७४ सालको निर्वाचनमा पनि पार्टीले कुर्मी र शाहलाई आफ्नो उम्मेदवार बनाएको थियो । उक्त क्षेत्रबाट प्रतिनिधी सभा निर्वाचनका लागि कुर्मी र प्रदेश सभा–३ ‘ख’ बाट शाह चुनाव लडेका थिए । तत्कालिन बाम गठबन्धनका तर्फबाट कुर्मीलाई एमालेका नन्दलाल रोकाय र शाहलाई बाबुराम गौतमले पराजित गरेका थिए ।
नेता ओली यस्तो ब्यक्ति हुन्, जो विगत तीन दशकभन्दा बढी समयदेखी काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ, नेपाल प्रेस युनियन हँुदै नेपाली काँग्रेसको मुल राजनीतिमा निरन्तर सक्रिय हुँदै आएका छन् । तर, पार्टीले अहिलेसम्म उनलाई कुनैपनि अवसर दिन सकेको छैन ।
२०७४ सालको भन्दा अहिले राजनीतिक परिस्थितीमा फेरबदल भइसकेको छ । चुनावमा बाम गठबन्धन गरेर पार्टी एकता समेत गरेका माओवादी र एमाले अलग भइसकेका छन् । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमती भइसकेको छ । सत्तारुढ गठबन्धनका तर्फबाट कुन दलले कहाँ पाउने भन्ने निश्चित नभएपनि पार्टीभित्र उम्मेदवार बन्न नेताहरुको आकांक्षा भने तिब्र देखिन्छ ।
बाँके, क्षेत्र नम्बर–३ मा काँग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर चुनाव लड्न आउने चर्चा चलेपनि अहिलेसम्म उनले कतै मुख खोलेका छैनन् । तर, काँग्रेस स्रोतका अनुसार नेता राठौर बाँकेमा चुनाव लड्न आउने सम्भावना कम देखिएको छ । राठौरले आफ्नै गृहजिल्ला बर्दियामा चुनाव लड्ने सोँच बनाएको उनी निकट नेता बताउँछन् । चुनाव नजिक आउँदा काँग्रेसभित्र टिकटका लागि होडबाजी नै चल्ने गरेको छ ।
पार्टीबाट अवसर पाउने ब्यक्तिले सधैं अवसर पाउने र नपाउने ब्यक्ति नपाउने सधैं बञ्चित हुने काँग्रेसभित्र मौलाएको बेथिती हो । २०७९ सालको प्रतिनिधी सभा निर्वाचनमा भने सत्तारुढ दल काँग्रेसले कस्लाई उम्मेदवार बनाउँछ, त्यो भने काँग्रेस कार्यकर्ता मात्रै नभएर बाँके क्षेत्र नम्बर–३ का सिंगो बासिन्दाले चासोका साथ हेरिरहेका छन् ।
थप समाचार
बाँके क्षेत्र नम्बर– २ मा काँग्रेस बलियो
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी