गिरीको निधनमा नेपाली काँग्रेस बाँके स्तब्ध


गिरीको निधनमा नेपाली काँग्रेस बाँके स्तब्ध

नेपालगन्ज ५ भदौ : नेपाली काँग्रेसका नेता, बैचारिक र समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति नेपाली काँग्रेस बाँकेले दुःख व्यक्त गरेको छ ।

पार्टी सभापति नारायणप्रसाद गौडेलले आज एक शोक वक्तब्य जारी गर्दै पूर्व केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य गिरीको असामयिक निधनले नेपाली काँग्रेस बाँके स्तब्ध र मर्माहत भएको जनाएका छन् ।

गिरीको निधनले पार्टी र समग्र मुलुकलाई अपूरणीय क्षती पुगेको शोक बक्तब्यमा उल्लेख छ । सभापति गौडेलले स्वर्गीय गिरीले नेपाली काँग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान सदा स्मरणीय रहने भन्दै गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

थप समाचार

सानेपामा काँग्रेस नेता गिरीको अन्तिम विदाई

काँग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने

काँग्रेस नेता प्रदीप गिरीको निधन