नेपालगन्जमा भूकम्पिय सुरक्षा चुनौती

विज्ञ भन्छन् बझाङमा ८.६ म्याग्निच्युडको भूकम्प जाँदा नेपालगन्जमा कम्तीमा ६८३ जनाको मृत्यु हुन्छ


विज्ञ भन्छन् बझाङमा ८.६ म्याग्निच्युडको भूकम्प जाँदा नेपालगन्जमा कम्तीमा ६८३ जनाको मृत्यु हुन्छ

नेपालगन्ज ६ भदौ : बाँकेलाई केन्द्रबिन्दु बनाएर शनिबार राती गएको भूकम्पले यतिबेला भूकम्पिय जोखिमको विषयलाई सतहमा ल्याएकोछ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राती १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यतिठूलो भूकम्प जाँदा बाँके र बर्दियामा कतै मानवीय तथा भौतिक क्षति भएन । यद्यपी भूकम्पिय सुरक्षाको चुनौतीमाथि भने बहस सिर्जना गरेकोछ ।

यही भूकम्पिय सुरक्षा चुनौतीबीच सुदूरपश्चिम प्रदेशको बझाङमा ८.६ म्याग्निच्युडको भूकम्प गयो भने त्यसको असरले नेपालगन्ज नगरमा कम्तीमा ६८३ जनाको मृत्यु हुने विज्ञले आँकलन गरेका छन् ।

विगत ६ दशकमा गएका ठूला र विनासकारी भूकम्पको क्षति विश्लेषण गर्दै आएका विज्ञले यस्तो निष्कर्ष निकालेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

युरोपियन युनियनको आर्थिक सहयोग र युनिसेफ नेपालको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँकेले नेपालगन्ज उपमहानगरपालिकासँगको समन्वयमा सञ्चालन गरेको शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर परियोजना)ले आईतबार नेपालगन्जमा आयोजना गरेको नेपालगन्ज उपमहानगरपालिकाको परिदृश्य भूकम्पमा आधारित प्रभाव आँकलन विषयक कार्यक्रममा परियोजनाका परामर्शदाता भूूगर्वविद् डाक्टर दीपक चौलागाईले यस्तो बताएका हुन् ।

उनले नेपालगन्जमा केन्द्र विन्दु भएर भूूकम्प नगए पनि माटोको जमिन भएकाले नेपालगन्जले धेरै मानवीय र भौतिक क्षति हुने बताए ।

उनले भने, ‘कार्यालय समयमा भूकम्प जाँदा नेपालगन्जमा ७२१ जनाको, रातिको समयमा यस्तो भूकम्प आउँदा एक हजार २६४ जना र सार्वजनिक विदाको दिनमा भूकम्प जाँदा ६८३ जनाको ज्यान जानसक्ने देखिन्छ ।’
कार्यालय समयमा तीन हजार जना घाइते हुने, रातिको समयमा भूकम्प आए पाँच हजार ५ सय जना घाइते हुने उनको भनाइ थियो । नेपालगन्जको भौतिक संरचना र घनाबस्तीका रकाण यस्तो क्षति हुने भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले नगर भूकम्पको उच्च जोखिममा रहेकाले विपद् न्यूनिकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

कार्यक्रममा युनिसेफका परियोजनाका प्राविधिक अधिकृत नरेश निदान भूकम्पको उच्च जोखिममा रहेको नेपालगन्जका वडा नम्बर–३ र ७ का एक हजार एक सय घरहरुको भौतिक संकटासन्नता सर्भेक्षण सुरु गरेको जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक समीरप्रताप शाह र वातावरण शाखा प्रमुख इन्जिनियर प्रकाश डीसीले विपद् व्यवस्थापनका लागि भएका नीतिगत व्यवस्था र कार्यक्रमबारे जानकारी गराएका थिए ।

लामो समयदेखि पश्चिम नेपालमा विनासकारी भूकम्प नगएकाले गुल्मी, बझाङ, प्युठान, रोल्पा, बाग्लुङ, अछाम, बैतडी, दैलेख र कालिकोट जिल्ला उच्च भूकम्पीय जोखिममा रहेका छन् ।

शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना अन्र्तगत जोखीम युक्त घरहरुको पहिचान गरी नगरभित्र विपद् पूर्व तयारी गरी संरचना निमार्ण गर्न पहल गर्ने उद्देश्यका साथ नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर– ३ र ७ का सबै घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण गरिएको हो ।

थप समाचार

नेपालगन्जका घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण हुने

भूकम्पले बाँके र बर्दियामा क्षति गरेन : प्रहरी