संघीय निर्वाचनका लागि बाँके–२ बाट काँग्रेसले गर्‍यो कोइराला, शाह र हमालको नाम सिफारिस


संघीय निर्वाचनका लागि बाँके–२ बाट काँग्रेसले गर्‍यो कोइराला, शाह र हमालको नाम सिफारिस

नेपालगन्ज १७ भदौः आसन्न निर्वाचनका लागि बाँकेको प्रतिनिधी सभा–२ बाट नेपाली काँग्रेसले आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नेपाली काँग्रेसका पूर्बसभापति एवम पूर्बप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला चुनाव लड्दै आएको उक्त क्षेत्रमा आउँदो चुनाव लड्नका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको क्षेत्र नम्बर–२ का सभापति रमेशकुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार प्रत्यक्षतर्फ निवर्तमान जिल्ला सभापति किरण कोइराला, क्षेत्र नम्बर–२ का सचिव सुनिलसिह हमाल र पूर्बजिल्ला सदस्य तथा तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाहको नाम सिफारिस गरिएको हो ।

यस्तै सोही क्षेत्रबाट समानुपातिकतर्फ पार्टीका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, पूर्वमन्त्री गजेन्द्र हमाल, संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी, अजितकुमार शर्मा, कमला भट्ट, बन्दना सिंह, रविन्द्रमान श्रेष्ठ, डाक्टर सुरेशकुमार कनोडिया, रामु चिडिमार, राकेशकुमार श्रीवास्तव, रमा उपाध्याय, त्रिलोकी गिरी र साबरा बेगमको नाम सिफारिस गरिएको सभापति गुप्ताले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

काँग्रेसले बाँकेका अन्य प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभाका लागि सम्भावित उम्मेदवारको नाम यसअघि नै सिफारिस गरिसकेको छ । क्षेत्र नम्बर–२ का लागि सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले वर्तमान सांसद एवं भौतिक पुर्बाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको एकल नाम सिफारिस गरिसकेको छ ।

यस्तै राप्रपाले पनि पार्टीका महामन्त्री डाक्टर धवलसम्शेर राणाको एकल नाम सिफारिस गर्ने तयारी गरेको छ । भने नेकपा एमालेले अहिलेसम्म कस्लाई उम्मेदवार सिफारिस गर्ने ? भन्ने टुंगो लगाउन सकेको छैन ।

थप समाचार

राप्रपा र जसपाबाट राणा र राईको एकल नाम सिफारिस

बाँके प्रदेश सभा–१ ‘क’ मा काँग्रेसका एक दर्जन बढी सिफारिस

प्रदेश सभाका लागी क्षेत्र नम्बर–२ बाट काँग्रेसका यी उम्मेदवार सिफारिस