प्रेमगीत–३ ले कति कमायो ?


प्रेमगीत–३ ले कति कमायो ?

नेपालगन्ज ८ असोज : ‘प्रेमगीत–३’ यतिबेला नेपाली तथा भारतीय सिनेमा घरमा प्रर्दशन भइरहेको । शुक्रबारबाट प्रर्दशनमा आएको ‘प्रेमगीत–३’ ले आक्रामक ओपनिङका साथ प्रर्दशन भइरहेकोछ ।

‘प्रेमगीत–३’ले नेपाली बक्सअफिसमा आक्रामक ओपनिङ गरेको छ । मुलुकका डेढसय पर्दाबाट रिलिज भएको फिल्मले शुक्रबार दुई करोड रुपैयाँ ग्रस हारहारीमा कमाइ गरेको छ ।

काठमाडौं उपत्यकाका हलमा मात्र फिल्मले एक करोड ग्रसभन्दा बढी कमाइ गरेको विवरण उल्लेख छ । पहिलो दिनको देशब्यापी अकुपेन्सी ७० देखि शतप्रतिशत थियो ।

‘प्रेमगीत–३’को ओपनिङ ‘कबड्डी–४’ पछिको दोस्रो उच्च ओपनिङ हो । ‘कबड्डी–४’ले पहिलो दिन २ करोड ९० लाख ग्रस ओपनिङ गरेको थियो । ‘छक्कापञ्जा–२’को ओपनिङ १ करोड ८० लाख थियो ।

Kids Festival 2022
kanti aarogya hospital

‘प्रेमगीत–३’को ओपनिङ अहिलेसम्मकै दोस्रो सर्वाधिक उच्च ओपनिङ भएको वितरकहरुले जनाएका छन् । वितरक मनोज राठीले पनि दुई करोडभन्दा केही बढी ओपनिङ फिल्मले गरेको बताए ।

यसैबीच, ‘प्रेमगीत–३’को हिन्दी संस्करणले भारतीय बक्सअफिसमा ९२ लाख भारु नेट कलेक्सन (नेपाली झण्डै डेढकरोड रुपैयाँ) ओपनिङ गरेको तरण आदर्शले जनाएका छन् ।

‘सीमित शोका बाबजुद फिल्मले राम्रो व्यापार गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘टिकटको दर कम भएका कारण फिल्मको कमाइ थोरै भएको हो । फिल्मको व्यापार २–३ दिनमा आफ्नो लयमा फर्किने छ ।’

नेपालमा दोस्रो दिन शनिबार फिल्मको नेपाली संस्करणको कमाई २ करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।

फिल्म निर्देशनमा सन्तोष सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन् । फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन् । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

थप समाचार

नेपालगन्जमा ७ शो पाएको ‘प्रेमगीत–३’ हेर्न दर्शकको घुँइचो

‘प्रेम गीत–३’ को हिन्दी भर्सनले पायो नेपाली फिल्मको मान्यता