नेपालगन्ज ८ असोज : ‘प्रेमगीत–३’ यतिबेला नेपाली तथा भारतीय सिनेमा घरमा प्रर्दशन भइरहेको । शुक्रबारबाट प्रर्दशनमा आएको ‘प्रेमगीत–३’ ले आक्रामक ओपनिङका साथ प्रर्दशन भइरहेकोछ ।
‘प्रेमगीत–३’ले नेपाली बक्सअफिसमा आक्रामक ओपनिङ गरेको छ । मुलुकका डेढसय पर्दाबाट रिलिज भएको फिल्मले शुक्रबार दुई करोड रुपैयाँ ग्रस हारहारीमा कमाइ गरेको छ ।
काठमाडौं उपत्यकाका हलमा मात्र फिल्मले एक करोड ग्रसभन्दा बढी कमाइ गरेको विवरण उल्लेख छ । पहिलो दिनको देशब्यापी अकुपेन्सी ७० देखि शतप्रतिशत थियो ।
‘प्रेमगीत–३’को ओपनिङ ‘कबड्डी–४’ पछिको दोस्रो उच्च ओपनिङ हो । ‘कबड्डी–४’ले पहिलो दिन २ करोड ९० लाख ग्रस ओपनिङ गरेको थियो । ‘छक्कापञ्जा–२’को ओपनिङ १ करोड ८० लाख थियो ।
‘प्रेमगीत–३’को ओपनिङ अहिलेसम्मकै दोस्रो सर्वाधिक उच्च ओपनिङ भएको वितरकहरुले जनाएका छन् । वितरक मनोज राठीले पनि दुई करोडभन्दा केही बढी ओपनिङ फिल्मले गरेको बताए ।
यसैबीच, ‘प्रेमगीत–३’को हिन्दी संस्करणले भारतीय बक्सअफिसमा ९२ लाख भारु नेट कलेक्सन (नेपाली झण्डै डेढकरोड रुपैयाँ) ओपनिङ गरेको तरण आदर्शले जनाएका छन् ।
‘सीमित शोका बाबजुद फिल्मले राम्रो व्यापार गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘टिकटको दर कम भएका कारण फिल्मको कमाइ थोरै भएको हो । फिल्मको व्यापार २–३ दिनमा आफ्नो लयमा फर्किने छ ।’
नेपालमा दोस्रो दिन शनिबार फिल्मको नेपाली संस्करणको कमाई २ करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।
फिल्म निर्देशनमा सन्तोष सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन् । फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन् । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।
थप समाचार
नेपालगन्जमा ७ शो पाएको ‘प्रेमगीत–३’ हेर्न दर्शकको घुँइचो
‘प्रेम गीत–३’ को हिन्दी भर्सनले पायो नेपाली फिल्मको मान्यता
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर