खजुरामा आठौँ डाँफे कप फुटबल


खजुरामा आठौँ डाँफे कप फुटबल

नेपालगन्ज ९ असोजः बाँकेको खजुरामा हरेक वर्ष प्रतियोगिता सञ्चालन गर्ने न्यु डाँफे स्पोट्र्स क्लबले यसपटक पनि प्रतियोगिताको आयोजना गरेको छ ।

खजुराको मिनि रङ्गशालाको खेल मैदानमा भोलि सोमबारदेखि सुरु हुने आठौ डाँफे कप फुटबल प्रतियोगितामा २३ टिमले सहभागिता जनाउदैँ छन् ।

आयोजक न्यु डाँफे स्पोट्र्स क्लवका अध्यक्ष हरिप्रसाद विकका अनुसार प्रथम हुने टिमले ६५ हजार, द्वितीयलाई ३५ हजार, उत्कृष्ट स्कोररलाई ५ हजार, उत्कृष्ट खेलाडीलाई ५ हजार, म्यान अफ् द म्याच हुनेलाई १ हजार नगद सहित ट्रफी प्रमाणपत्र दिइने भएको हो ।

सोमबार दिउँसो २ बजे उद्घाटन कार्यक्रम हुने क्लवका अध्यक्ष विकले जनाए । १० गतेदेखि सुरु गरिने प्रतियोगिता १७ गतेसम्म सञ्चालन हुने न्यु डाँफे स्पोट्र्स क्लवका सचिव यमनाथ दाहालले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सोमबारको उद्घाटन खेल न्यु डाँफे स्पोट्र्स क्लव ‘सि’ टिम र बैजानाथ युवा क्लवविच प्रतिस्पर्धा हुने सचिव दाहालले जनाए । फाइनलको दिन साँस्कृतिक कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ ।