जसपा र एमालेका कारण दशैंको मुखमा डुडुवाका शिक्षकले तलब पाएनन्


जसपा र एमालेका कारण दशैंको मुखमा डुडुवाका शिक्षकले तलब पाएनन्

नेपालगन्ज ९ असोज : दशैंको मुखमा आएर तलब भत्ता नपाउँदा बाँकेको डुडुवा गाउँपालिकाका शिक्षकहरु आन्दोलित भएका छन् ।

दशैं पेश्की सहितको तलब बुझ्ने समयमा तलब नआएको सूचना पाएपछि शिक्षकहरु गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखामा अनिश्चित कालका लागि ताला बन्दी गरेका हुन् ।

नेपाल शिक्षक महासंघ डुडुवाको अगुवाईमा शुक्रबार एक दिनका लागि गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेर विज्ञप्ती जारी गर्दा पनि कुनै सुनुवाई नभएपछि अनिश्चित कालिन तालाबन्दी गर्ने निर्णय गरिएको र आज दिनभर गाउँपालिका परिसरमा धर्ना दिएको शिक्षक महासंघ डुडुवाका अध्यक्ष भुपेन्द्र रेग्मीले जानकारी दिए ।

दशैंको घटस्थापनादेखि छठ पर्वसम्म बिद्यालयमा लामो बिदा हुने भएकाले तलब नपाउँदा टाढा घर भएका शिक्षकहरुलाई घर जान समेत समस्या भएको अध्यक्ष रेग्मीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

टाढाका शिक्षकहरुलाई केही विद्यालयले पेश्की स्वरुप भाडामात्र उपलब्ध गराएको उनले बताए । शिक्षकले यस चालु आर्थिक वर्षको साउन महिनादेखिको तलब दशैंमा समेत नपाउँदा तालाबन्दी गर्न बाध्य भएको शिक्षक महासंघ डुडुवाका सल्लाहकार राजेन्द्रराज सिक्देलले जानकारी दिए ।

डुडुवा गाउँपालिकामा स्थानीय जनप्रतिनीधिबीच राजनीतिक खिचातानीले गर्दा शिक्षक र कर्मचारीहरु मारमा परिरहेको सिक्देलले बताए ।

थप समाचार

डुडुवामा एमाले र जसपाको दादागिरी : चार महिनादेखि अबरुद्ध गाउँपालिकाको सेवा प्रवाहबारे अधिकारकर्मीको चासो

डुडुवामा एमाले र जसपाको दादागिरी : बहुमतको आडमा बैठक अवरोध गर्दै

डुडुवामा एमाले र जसपाको भाँजो कायमै : गणपुरक संख्या नपुगेपछि गाउँसभा बैठक स्थगित