नेपालगन्ज १० असोज : नेपालमा डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट साउनयता मात्रै ३२ जनाको मृत्यु भएको हो ।
यस्तै मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा डेंगुबाट एक हजार ५१ जना संक्रमित भएका छन् ।
नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।
यस्तै सबैभन्दा बढि बागमती प्रदेशमा १९ हजार ९१० मा डेंगु संक्रमण भएको छ । भने लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५ र गण्डकीमा ५५६ जनमा डेंगु संक्रमण भएकोछ ।
यसैगरि मधेश प्रदेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।
थप समाचार
डेङ्गु तत्काल नियन्त्रण गर्न चिकित्सकहरूको आग्रह
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर