डेंगु संक्रमणबाट देशभर ३२ जनाको ज्यान गयो


डेंगु संक्रमणबाट देशभर ३२ जनाको ज्यान गयो

नेपालगन्ज १० असोज : नेपालमा डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट साउनयता मात्रै ३२ जनाको मृत्यु भएको हो ।

यस्तै मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा डेंगुबाट एक हजार ५१ जना संक्रमित भएका छन् ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

यस्तै सबैभन्दा बढि बागमती प्रदेशमा १९ हजार ९१० मा डेंगु संक्रमण भएको छ । भने लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५ र गण्डकीमा ५५६ जनमा डेंगु संक्रमण भएकोछ ।
यसैगरि मधेश प्रदेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

थप समाचार

डेङ्गु तत्काल नियन्त्रण गर्न चिकित्सकहरूको आग्रह

डेंगु संक्रमणबाट २९ जनाको मृत्यु

के हो डेंगु ?, कसरी बच्ने ?

डेंगुका बिरामीले के खाने, के नखाने ?