दुई वर्षपछि नेपालगन्जमा रामलीला मञ्चान गरिदैँ । तस्विर सौजन्य : सुष्मा श्रेष्ठ
नेपालगन्ज १० असोज : कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको रामलीला मञ्चन गरिएकोछ । प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा मञ्चन हुने रामलीला दुई वर्षपछि मञ्चन गरिएको हो ।
पश्चिम नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन विगत दुई वर्षदेखि कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको थियो ।
रामलीला सञ्चालक समितिले रामलीला मञ्चनको एक सय ५३ वर्षमा पहिलोपटक रामलीला मञ्चन स्थगित गरेको थियो । १ सय ५३ औं वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई कोरोना संक्रमणका कारण स्थगित गर्नुपरेको थियो ।
स्थगित भएपछि विगत दुई वर्षदेखि प्रतिकात्मक स्वरुप सोही स्थानमा पुजापाठ गरि मनाइने गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ बाँकेगाउँ स्थित रामलीला मैदानमा सोमबार साँझदेखि रामलीला मञ्चन थालिएको छ । रामलीला शुरु भएको एक सय ५५ वर्ष पुरा हुँदै छ ।
सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैंको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ७ बजे देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।
रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रासलीला एवं रामलीला मण्डल नेपालगन्ज आएको हो । मण्डल सञ्चालक श्री राधारमण शर्मा नेतृत्वको २१ कलाकार टोलीले भगबान राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गरिरहेकाछन् ।
रामलीलाको मञ्चन राज्याभिषेक अर्थात् विजयादशीको रातिसम्म चल्ने आयोजक रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कानोडीयाले जानकारी दिए । रामलीला मञ्चन अवलोकनका लागि सपरिवार उपस्थित भईदिन पनि अध्यक्ष कनोडीयाले सबैमा हार्दिक अनुरोध गरेकाछन् ।
थप समाचार
दुई वर्षपछि नेपालगन्जमा रामलीला मञ्चन गरिदैं
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर