डेढ सताब्दीदेखि नेपालगन्जमा रामलीला मञ्चन


डेढ सताब्दीदेखि नेपालगन्जमा रामलीला मञ्चन

दुई वर्षपछि नेपालगन्जमा रामलीला मञ्चान गरिदैँ । तस्विर सौजन्य : सुष्मा श्रेष्ठ

नेपालगन्ज १० असोज : कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको रामलीला मञ्चन गरिएकोछ । प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा मञ्चन हुने रामलीला दुई वर्षपछि मञ्चन गरिएको हो ।

पश्चिम नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन विगत दुई वर्षदेखि कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको थियो ।

रामलीला सञ्चालक समितिले रामलीला मञ्चनको एक सय ५३ वर्षमा पहिलोपटक रामलीला मञ्चन स्थगित गरेको थियो । १ सय ५३ औं वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई कोरोना संक्रमणका कारण स्थगित गर्नुपरेको थियो ।

स्थगित भएपछि विगत दुई वर्षदेखि प्रतिकात्मक स्वरुप सोही स्थानमा पुजापाठ गरि मनाइने गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ बाँकेगाउँ स्थित रामलीला मैदानमा सोमबार साँझदेखि रामलीला मञ्चन थालिएको छ । रामलीला शुरु भएको एक सय ५५ वर्ष पुरा हुँदै छ ।

सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैंको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ७ बजे देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रासलीला एवं रामलीला मण्डल नेपालगन्ज आएको हो । मण्डल सञ्चालक श्री राधारमण शर्मा नेतृत्वको २१ कलाकार टोलीले भगबान राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गरिरहेकाछन् ।

रामलीलाको मञ्चन राज्याभिषेक अर्थात् विजयादशीको रातिसम्म चल्ने आयोजक रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कानोडीयाले जानकारी दिए । रामलीला मञ्चन अवलोकनका लागि सपरिवार उपस्थित भईदिन पनि अध्यक्ष कनोडीयाले सबैमा हार्दिक अनुरोध गरेकाछन् ।

थप समाचार

दुई वर्षपछि नेपालगन्जमा रामलीला मञ्चन गरिदैं

१५३ वर्षमा पहिलोपटक रामलीला मञ्चन नहुने

कोरोना कहर : यस वर्षपनि रामलीला मञ्चन नहुने