नेपालगन्ज २४ असोज : नेपाली क्रिकेट टिमका कप्तान रहेका सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ ।
अदालतले असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप गरेको उनका कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।
गत बिहीबार कतारको दोहा हुँदै सन्दीप नेपाल फर्किएका थिए । त्रिभुवन विमानस्थलबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दशैँ विदा सकिएलगत्तै सोमबार अदालत खुलेपछि प्रहरीले लामिछानेलाई अदालतमा पेस गरेको हो ।
प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको थियो । इजलासमा लामिछानेले आफू निर्दोष रहेको दावी गरेका छन् । उनले आफूले जबरजस्ती करणी नगरेको र सहमतिमै भएकाले दोषी भन्न नमिल्ने जिकिर गरेका छन् ।
क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन् ।
त्यसलगत्तै सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सन्दीप भने क्यारेबियन लिग खेल्न गएका थिए । पटक पटक आफू नेपाल फर्किने बताएर नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि भने उनी गत बिहीबार नेपाल फर्किएका थिए ।
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती