जुडो खेलाडीको विदाई, प्रशिक्षक भन्छन्ः अभावकैबीच राम्रो नतिजा निकाल्छौं


जुडो खेलाडीको विदाई, प्रशिक्षक भन्छन्ः अभावकैबीच राम्रो नतिजा निकाल्छौं

नेपालगन्ज २९ असोज : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न जान लागेका मंगोलियन जुडो क्लब खजुराका खेलाडीहरुलाई विदाई गरिएको छ ।

पोखरामा भैरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मंगोलियन जुडो क्लबका ८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । त्यसका लागि बाँकेबाट छनोट भएका खेलाडी शनिबार पोखरा प्रस्थान गरेका छन् ।

प्रतियोगिता खेल्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई कालपृष्ठ दैनिकका कार्यकारी निर्देशक एवम् नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व केन्द्रिय सदस्य कमल खत्री, जावलाखेल गु्रप अफ इन्डिस्ट्रीजका मध्य तथा सुदूरपश्चिम एरिया म्यानेजर उमेश निरौला, साहित्यकार रिचा लुइटेलले विदाई गरे ।

प्रशिक्षक विजय गुरुङले बाँकेको खजुरामा करिब एक सय भन्दा बढी बालबालिकालाई नियमित रुपमा जुडो प्रशिक्षण गराउँदैं आएका छन् । विजयले प्रशिक्षण गराउने मंगोलियन जुडो क्लबका ८ जना खेलाडीले लुम्बिनी र ४ जनाले सुदुरपश्चिम प्रदेशबाट नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्दैछन् ।

Kids Festival 2022
kanti aarogya hospital

प्रतियोगितामा मंगोलियन जुडो क्लबका प्रतिक्षा केसी, सम्झना थापा, बिनिता खत्री, कासीराम माउत, आयुश साउद, निराजन पौडेल क्षेत्री, प्रशन्न गुरुङ, प्रनित जंग सिंह ठकुरीले लुम्बिनी प्रदेशबाट खेलिरहेका छन् ।

प्रतियोगितामा लुम्बिनी प्रदेशबाट १३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ८ जना मंगोलियन क्लबका छन् । कालपृष्ठ दैनिकले मंगोलियन जुडो क्लबबाट राम्रो नतिजा निकाल्ने जुनियर खेलाडीलाई १२ वटा ट्रयाकसुट सहयोग गरेको थियो ।

शनिबार खेलाडीलाई विदाई गर्दै प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीले उत्कृष्ट नतिजा निकाल्ने विश्वास लिएको कालपृष्ठ दैनिकका कार्यकारी निर्देशक कमल खत्रीले बताए ।

उनले भने,‘प्रशिक्षक विजय गुरुङको लगाव र मिहिनेतले खजुराबाट थुप्रै उत्कृष्ट खेलाडी जन्मिरहेका छन् । राज्य गर्ने काम गुरुङले गर्नु भएको छ । खजुराको पहिचान नै जुडोले गराई रहेको छन् । आगामी दिनमा क्लबका खेलाडीलाई हामी सक्दो सहयोग गर्नेछौं ।’

जावलाखेल गु्रप अफ इन्डिस्ट्रीजका मध्य तथा सुदूरपश्चिम एरिया म्यानेजर उमेश निरौलाले क्लबको नियमित प्रशिक्षण र खेलाडीलाई सक्दो सहयोग गर्ने बताए ।

प्रशिक्षक विजय गुरुङले नियमित रुपमा खेलाडीलाई प्रशिक्षण गराउनका लागि कभर्ड हल अभाव भएको बताए । उनले भने,‘हामीले दैनिक प्रशिक्षण गर्ने ठाउँ समेत पाउन सकेको छैनौं । अभाव थुप्रै छन् । आर्थिक समस्या छ । तर हामीले प्रशिक्षणलाई रोकेका छौं । खेलाडीले मिहिनेत गरेका छन् । अभावकै बिच राम्रो नतिजा निकाल्ने कोसिस गछौं ।’