सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक फेरिए


सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक फेरिए

नेपालगन्ज ३१ असोजः सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको कार्यकारी निर्देशक फेरिएकाछन् ।

अस्पतालको दुई वर्षभन्दा बढी कार्यकारी निर्देशक भएका डाक्टर कृष्ण आचार्य स्थानमा डाक्टर निरज भट्टराईलाई नियुक्त गरिएकोछ ।

डाक्टर आचार्य भेरी अस्पताल, नेपालगन्जमै फर्किएपछि डाक्टर भट्टराई कार्यकारी निर्देशकमा नियुक्त भएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए ।

नवनियुक्त कार्यकारी निर्देशक डाक्टर भट्टराईलाई आईतबार अस्पतालमा स्वागत गरिएको छ । काजबाट फेरि भेरीमा फर्किएका डाक्टर आचार्यलाई बिदाइ गरियो ।

Kids Festival 2022
kanti aarogya hospital

यो अस्पताल पश्चिम नेपालको एक मात्र सुविधासम्पन्न क्यान्सर अस्पताल हो । यद्यपि, यहाँ हुनुपर्ने डाक्टरको दरबन्दी छैन । काजमा रहेका र अस्पताल विकास समितिले करारमा राखेका डाक्टरले सेवा दिइरहेका छन् ।

क्यान्सर अस्पताललाई जनरल अस्पतालको रुपमा विकास गरिएको छ । क्यान्सरका भन्दा अन्य बिरामी बढी आउने गरेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष मल्लले विशेषज्ञ डाक्टरको दरबन्दी सिर्जना गर्दै केहीलाई करारमा राखेर भए पनि अस्पतालमा क्यान्सरलाई नै फोकस गरिने बताए ।

थप समाचार

डा. कृष्ण आचार्य : जसले खजुरा क्यान्सर अस्पताललाई चम्काइदिए