शताब्दी पुरुष सत्यमोहनको निधनको शोकमा भोलि सार्वजनिक बिदा


शताब्दी पुरुष सत्यमोहनको निधनको शोकमा भोलि सार्वजनिक बिदा

नेपालगन्ज ३१ असोज : शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आईतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।

आईतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

थप समाचार

अस्ताए शताब्दी पुरुष सत्यमोहन

प्रेरणाका पुञ्ज शताब्दी पुरुष