नेपालगन्ज १ कार्तिक : पोखरामा भैरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मंगलबार बाँकेका तीन खेलाडीले स्वर्ण पदक जित्न सफल भएका छन् ।
बाँकेका रमेश गोतामेले कुस्तीमा लुम्बिनी प्रदेशका लागि ९२ किलो तौल समुहमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।
यसैगरी नेपालगन्जका दुई खेलाडीले सुटिङमा पनि स्वर्ण जितेका छन् । मंगलबार भएको मिक्स टिम पेस्तोलमा लुम्बिनीको टिमबाट बदरुद्धिन अन्सारी र कृष्णा थापाले स्वर्ण पदक जितेका हुन् । पदक जित्ने नेपालगन्जका दुबै खेलाडी अन्तर्राष्ट्रिय स्तरका हुन् ।
यसैगरी पेस्तोल टिम इभेन्ट्स तर्फ गण्डकी दोश्रो र बागमती तेश्रो बने । मिक्स टिम राइफलमा आर्मी पहिलो, बागमती दोश्रो र प्रहरी तेश्रो स्थानमा भएको थियो ।
राष्ट्रिय सुटिङ प्रतियोगिताअन्तर्गत पुरुष टिम एयर पेस्तोलमा आर्मी पहिलो, बागमती दोश्रो र प्रहरी तेश्रो भएका छन् ।
सो स्पर्धाको महिलामा आर्मीले स्वर्ण, गण्डकीले रजत र बागमतीले कास्य जिते । उक्त स्पर्धाको महिला तर्फ आर्मी, प्रहरी र बागमतीले क्रमशः शीर्ष तीन स्थान हात पारे । व्यक्तिगत स्पर्धाको फाइनल(आज) बुधबार हुनेछ ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर