File Photo
नेपालगन्ज २७ कार्तिक : यू–१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने भएकोछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएपछि उक्त प्रतियोगिता नेपालमा हुने भएको हो ।
आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।
आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।
यस्तै सन् २०२४ को यू–१९ क्रिकेट विश्वकप श्रीलंकामा र २०२६ को प्रतियोगिता जिम्बावे र नामिबियामा आयोजना हुने आईसीसीले जनाएको छ ।
यू–१९ महिला विश्वकप आयोजनाको अधिकार पाएको नेपालको महिला टिमले अहिलेसम्म विश्वकप खेलेको छैन ।
सन् २०२३ को पहिलो संस्करणको यू–१९ महिला विश्वकप दक्षिण अफ्रिकामा आयोजना हुँदैछ । उक्त विश्वकपको लागि नेपालले एसियाली क्षेत्रको छनोट खेलेको थियो । तर, तेस्रो हुँदै छनोट हुन असफल भयो । नेपालको पुरुष सिनियर टिमले सन् २०१४ मा टी–२० विश्वकप खेलेका थिए । यस्तै यू–१९ पुरुष टिमले पनि विश्वकपमा सहभागिता जनाइसकेको छ ।
क्यानले भन्यो– गर्वको विषय
नेपालले विश्वकपको आयोजना गर्ने अवसर पाउनु गर्वको विषय भएको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशानत विक्रम मल्लले बताए ।
‘बंगलादेश र हामी मिलेर २०१७ को यू–१९ महिला विश्वकपका लागि बिडिङ गरेका थियौं । त्यसमा आईसीसीले हामीलाई सह–आयोजक भनेर तोकेको छ । यो अहिलेसम्मकै ठूलो उपलब्धी हो,’ मल्लले भने ।
उनले विश्वकपका लागि नेपालको पाँच भेन्यूको नाम आईसीसीलाई पठाएको बताए । उनले थपे, ‘आईसीसी प्रतिनिधि आएर हाम्रो २ भेन्युलाई विश्वकप आयोजनाका लागि मान्यता दिनेछ । नेपालको दुई र बंगलादेशको दुई भेन्यूमा यू–१९ महिला विश्वकप हुनेछ ।’
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल