आम निर्वाचन २०७९

नमुना धुरुधुरु रुँदै प्रचार गर्दै

दिनानुदिन कमजोर बन्दै नमुना


नमुना धुरुधुरु रुँदै प्रचार गर्दै

बैजापुर(बाँके) २८ कार्तिक : बाँके क्षेत्र नम्बर–१ प्रदेश ‘क’ बाट प्रदेश सदस्यमा चुनावमा उठेकी कृष्णा केसी ‘नमुना’ रुँदै प्रचारमा हिँडेकी छन् । सबै मिलेर आफुलाई हराउन लागेको भन्दै उम्मेद्वार नमुनाले रुँदै भोट माग्ने र प्रचारमा हिंड्ने गरेकी छन् ।

जति चुनावको दिन नजिकिदैँछ त्यतिनै नमुना कमजोर उम्मेद्वार बन्दै गइरहेकी छन् । एक साताअघि बाँकेको बघौडा क्षेत्र नरैनापुरमा माओवादीको गोप्य भेलामा पनि नमुना रुँदै आफुलाई हराउन लागेको भन्दै बाँके क्षेत्र नम्बर–१ का प्रतिनीधिसभा सांसदका उम्मेद्वार महेश्वर गहतराज ‘अथक’माथि आरोप लगाइन् । नमुना र अथक माओवादी पार्टीबाट गठबन्धनका उम्मेद्वार हुन् ।

राप्तीसोनारी वडा नम्बर–३ भवनीयापुरमा स्थानीय अंकित श्रेष्ठसँग भेट हुँदा आधा घण्टासम्म सडक मै हात समातेर रोईन् । आफूलाई सहयोग गर्न अनुरोध गर्दै रुदैँ आँशु पुछ्दै गरेको अंकितले सेतोखरीलाई बताए ।

यसैगरी नरैनापुर गाउँपालिका वडा नम्बर– ६ मा एक काँग्रेसी नेताको घरमा गएर पनि नमुना निकै रोईन् । ती काँग्रेसी नेतालाई आफूलाई भोट हालिदिन र हलाईदिन अनुरोध गर्दै रोएको उनीहरुले बताए । तर, ती काँग्रेसी नेताले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफू चुनाव लड्दा आफू विरुद्ध नमुनाले उम्मेदवार खडा गरेर चुनावमा उठाएको भन्दै कुनैपनि हालतमा भोट नहाल्ने र सहयोग नगर्ने ती काँग्रेसी नेताले सेतोखरीसँग बताए ।

Kanti Aarogya Hospital Nepalgunj

आईतबार राप्तीसोनारी वडा नम्बर–३ स्थित काँग्रेस नेता लाहुराम थारुको घरमा भएको गठबन्धनको भेलामा पनि नमुना धेरै रोइन् । ‘माथि अथकलाई भोट हाल्ने भन्ने तल मेरो नाम नलिने, सबैले मलाई हराउन खोज्ने’ भन्दै नमुना धुरुधुरु रोइन् । उनले भनिन्–‘दामोदर भण्डारीले पनि मलाई पेलेर समाचार लेखेको लेख्यैछ, सम्झाइदिनु पर्‍यो नी ।’

निर्वाचनमा कमजोर बन्दै गएकी नमुना निकै अत्तालिएकी छन् । स्वय माओबादी भित्र समेत उनको तिव्र आलोचना गरिरहेका छन् । केही माओबादी कार्यकर्ताले नमुनाकै अगाडी भोट हाल्न नसक्ने बताइसकेका छन् भने थुप्रै माओबादी कार्यकर्ताले माथि अथकलाई र तल प्रदेशमा नरेन्द्र कुमार पौडेल, अमर खड्का र ढकीयामा बाँडेर भोट जाने सेतोखरीको स्थलगत रिर्पोटिङ्गमा बताए ।

राप्तीपारी अथक र नमुनाको प्रचारमा खासै माओबादी लागेको पाइएन । प्रचारमा काँग्रेसी बढी भएपनि काँग्रेसीको मत केही अथकलाई गएपनि अधिकांश मत अन्यत्र बाँडिने देखिएकोछ । उम्मेदावर कृष्णा केसी ‘नमुना’सँग सम्र्पक गर्न खोज्दा सम्र्पक हुन सकेन । 

थप समाचार

माओवादी नै भन्छन् : यी कारणले यसपाली नमुनालाई भोट हाल्न सक्दैनौं

नमुना सबैभन्दा कमजोर, अमर र नरेन्द्रबीच प्रतिस्पर्धा