सेतोखरीको सर्वेक्षण, बाँकेमा क–कसले जित्दैछ ? (सूचीसहित)


सेतोखरीको सर्वेक्षण, बाँकेमा क–कसले जित्दैछ ? (सूचीसहित)

नेपालगन्ज ३ मंसिर : प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा बाँके जिल्लाबाट उठेका उम्मेदवारहरुका बारेमा सेतोखरी डटकमले सर्वेक्षण गरेकोछ । सेतोखरीले एक हप्ता लगाएर तीनै क्षेत्रका उम्मेदवारहरुका बारेमा सर्वेक्षण गरेको हो ।

बाँके क्षेत्र नम्बर - १

सेतोखरीको सर्वेक्षणका अनुसार बाँके क्षेत्र नम्बर– १ मा नेकपा एमाले– राप्रपा गठबन्धका प्रतिनिधि सभा सदस्यतर्फ सूर्य ढकालले जित्ने सम्भावना देखिएको छ भने प्रदेश सभा सदस्यतर्फ प्रदेश ‘क’ मा सोही गठबन्धका नरेन्द्र पौडेलले जित्ने सम्भावना सर्वेक्षणले देखाएको छ ।

त्यसैगरी क्षेत्र नम्बर– १ प्रदेश सभा सदस्य ‘ख’ मा नेपाली काँग्रेस– माओबादी गठबन्धनका फुलाराम थारुले जित्ने सम्भावना देखिएकोछ । बाँके क्षेत्र नम्बर– १ मा काँग्रेस–माओबादी गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा महेश्वर गहतराज ‘अथक’ उठेका छन्, भने एमाले–राप्रपा गठबन्धनबाट सूर्य ढकाल उठेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यसैगरी प्रदेश ‘क’ तर्फ काँग्रेस–माओबादी गठबन्धनबाट माओबादीकी कृष्ण केसी ‘नमुना’ उठेकी छन्, भने एमाले राप्रपा गठबन्धनबाट नरेन्द्र पौडेल उठेकाछन् । जसपाबाट प्रदेश ‘क’ मा अमर खड्का उठेका छन्, भने नागरिक उन्मुक्ति पार्टी(ढकिया)बाट सोमप्रसाद थारु उठेकाछन् ।

बाँके क्षेत्र नम्बर– २

बाँके क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्यतर्फ एमाले राप्रपा गठबन्धनबाट राप्रपाका डाक्टर धवल शम्शेर राणा जित्ने सम्भावना देखिएकोछ । राणाको जसपाका मोहम्मद इस्तियाक राइसँग कडा प्रतिस्प्रर्धा रहेकोछ ।

त्यस्तै सोही क्षेत्रको प्रतिनिधि सभा सदस्यमा काँग्रेसबाट सुदीप नरसिंह राणा उठेकाछन् । एमाले–राप्रपा गठबन्धन कमजोर भएपनि काँग्रेसका भोटहरु उम्मेदवार इस्तियाक राईलाई हराउनका लागि डा. धावल शम्शेर राणामा जाने हुँदा राणाको जित देखिएकोछ ।

क्षेत्र नम्बर–२ को प्रदेश सभा सदस्य ‘क’ मा काँग्रेसका राजकुमार बर्माले जित्ने सम्भावना सर्वेक्षणले देखाएको छ । सोही क्षेत्रमा एमाले –राप्रपा गठबन्धनबाट भर्खरै एमालेमा प्रवेश गरेका विजय कुमार यादव उम्मेदवार रहेकाछन्, भने जसपाबाट भण्डारीलाल यादव उम्मेदवार रहेकाछन् ।

त्यसैगरी क्षेत्र नम्बर–२ प्रदेश सभा सदस्य ‘ख’ मा काँग्रेसका सुरेन्द्र हमालले जित्ने सम्भावना देखिएकोछ । सोही क्षेत्रमा एमाले–राप्रपा गठबन्धनबाट एमालेका निरक गुरुङ उम्मेदवार रहेकाछन्, भने जसपाका आदेश अग्रवाल र माओबादीबाट अक्कल बहादुर बम उम्मेदवार रहेकाछन् ।

क्षेत्र नम्बर–३

क्षेत्र नम्बर–३ मा प्रतिनिधि सभा सदस्य प्रतिनिधि सभा सदस्यतर्फ काँग्रेस –माओबादी गठबन्धनबाट काँग्रेसका सहमहामन्त्री किशोर सिहं राठौरले जित्ने सम्भावना सेतोखरीको सर्वेक्षणले देखाएकोछ । सोही क्षेत्रबाट प्रतिस्प्रर्धीमा नेकपा एमालेका किस्मत कुमार कक्षपती उम्मेदवार रहेकाछन् ।

क्षेत्र नम्बर–३ प्रदेश सभा सदस्य ‘क’ मा नेपाली काँग्रेस– माओबादी गठबन्धनबाट काँग्रेसका बादशाह कुर्मीले जित्ने सम्भावना देखिएकोछ । उनको प्रतिस्प्रर्धीमा नेकपा एमालेका भीम ओली उम्मेदवार रहेकाछन् ।

त्यसैगरी क्षेत्र नम्बर–३ प्रदेश सभा सदस्य ‘ख’ मा नेकपा एमालेका रत्न खत्रीले जित्ने सम्भावना देखिएकोछ । काँग्रेस माओबादी गठबन्धनबाट सोही क्षेत्रमा माओबादीका आइपी खरेललाई उठाइएपनि स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एसका दलबहादुर सुनारलाई माओबादीमा भित्र्याई माओबादीका एउटा खेमाले आफ्नो गठबन्धनाके उम्मेदवार भनि समर्थन गरेपछि त्यसको बीचबाट एमालेका रत्न खत्रीले जित्ने सम्भावना सेतोखरीको सर्वेक्षणले देखाएकोछ ।