नेपथ्य लाइभ कन्सर्टको तयारी तिब्र


नेपथ्य लाइभ कन्सर्टको तयारी तिब्र

नेपालगन्ज १९ मंसिरः नेपालगन्जमा यही मंसिर २९ गते हुन लागेको नेपथ्य लाइभ कन्सर्टको तयारी तिब्र पारिएको छ । मानवसेवा आश्रम नेपालगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कन्सर्टको तयारीबारे जानकारी दिइएको हो ।

नेपालको चर्चित नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गरिदैछ । नेपालगन्ज रंगशालामा हुन लागेको उक्त कन्सर्टका लागि गठित विभिन्न उपसमितिले तयारी तिब्र पारेको मुल समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

कन्सर्टका लागि जयनारायण शाहको संयोजकत्वमा सुरक्षा तथा समारोह स्थल ब्यवस्थापन समिति, शुक्रऋषि चौलागाईको संयोजकत्वमा मिडिया तथा प्रचार प्रसार समिति, कृष्ण श्रेष्ठको संयोजकत्वमा मिट एण्ड ग्रिट कार्यक्रम व्यवस्थापन समिति, विष्णु मैनालीको संयोजकत्वमा प्रायोजक समन्वय समिति, नन्दलाल बैश्यको संयोजकत्वमा अतिथी सत्कार ब्यवस्थापन समिति, विर सिंह क्षेत्री संयोजक र उमा ग्राण्डन सह संयोजक रहेको आवास ब्यवस्थापन समिति, गोविन्दप्रसाद पाण्डेको संयोजकत्वमा सरकारी तथा सार्वजनिक क्षेत्र समन्वय समिति निर्माण गरिएको छ ।

यस्तै सचिवालय ब्यवस्थापन समितिको संयोजकमा जेके सिंह, संघ संस्था समन्वय समितिको संयोजकमा नमस्कार शाह, सहकारी संस्था ब्यवस्थापन समितिमाा नारायण सिग्देल संयोजक रहेका छन् । मुल समिति र विषयगत समितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार कार्यहरु अघि बढाइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Kids Festival 2022
kanti aarogya hospital
add

आवश्यकताका आधारमा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुसँग चरणवद्ध छलफल र तयारीलाई तिव्रता दिइएको प्रचार–प्रसार समितिका संयोजक चौलागाईले बताए । सुरक्षा तथा समारोह स्थल ब्यवस्थापन समितिका संयोजक शाहले कन्सर्ट अवलोकन गर्न आउने ब्यक्तिले ल्याउने सवारी साधन पार्किङ गर्ने ब्यवस्था रामलिला मैदानमा मिलाउने तयारी भइरहेको बताए ।

मानवताका लागि सांगितिक यात्रा नेपथ्य लाइभ कन्सर्ट नेपालगन्जसहित १० शहरमा कार्यक्रम गरिदैछ । नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रर्वद्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्ने भएका छन् ।

कन्सर्ट मंसिर २९ गते अपरान्ह ४ बजेदेखी ८ बजेसम्म चल्नेछ । समाजसेवी एवम् दानवीर जेके सिंहले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा उपलब्ध गराएको १० कठ्ठा जमिनमा मानवसेवा आश्रमले भवन निर्माण प्रक्रिया सुरु गर्दैछ ।

थप समाचार

नेपथ्य लाइभ कन्सर्टको व्यापक तयारी

नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट, टिकट विक्री सुरु