मन्त्री अथक र एसिया रग्बीका अध्यक्ष धलाइ बिच भेटवार्ता


मन्त्री अथक र एसिया रग्बीका अध्यक्ष धलाइ बिच भेटवार्ता

नेपालगन्ज २५ मंसिर : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र एसिया रग्बी एसोशियसनका अध्यक्ष कैस अल धलाइबिच भेटबार्ता भएको छ ।

गत बिहीबार नेपाल आएका धलाइले आईतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री अथकसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा नेपालमा रग्वी खेलको विकासका विविध पक्षबारे छलफल भएको थियो । नेपालमा रग्वी खेलको विकासका लागि सरकारले प्रयास गरिरहेको बताउँदै मन्त्री अथकले एसिया रग्बीका अध्यक्षको नेपाल भ्रमणले अन्तर्रास्ट्रिय लगानी भित्र्याउन सहज हुने विश्वास ब्यक्त गरे ।

टमा धलाइले नेपालमा रग्बी खेलको सम्भावना प्रचुर रहेको उल्लेख गर्दै पुर्वाधार तथा रग्बी खेलको समग्र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Kids Festival 2022
kanti aarogya hospital

शनिबारदेखि दशरथ रंगशालामा सञ्चालन भएको दुई दिने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाई बिहीबार नेपाल आएका हुन् ।

नेपाली रग्बीको ईतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता आयोजना गरिएको हो ।