कौशिलानगरमा पुष ८ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड


कौशिलानगरमा पुष ८ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड

कोहलपुर (बाँके) ६ पुषः यहि पौष ८ गतेदेखि कोहलपुरको कृष्ण मावि कौशिलानगरमा आयोजना हुने छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्डको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

कोहलपुर–२ कौशिलानगरको कृष्ण माविको सभाहलमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले सो कुराको जानकारी गराएको हो । कोहलपुर नगरपालिका र कृष्ण माविले यसपालिको रनिङ शिल्डको आयोजना गरेका छन् ।

आगामी पुष ११ गते सम्म हुने नगर सतरीय उक्त छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड सौहार्दपूर्ण रुपमा सञ्चालन गर्न ८ र ११ गते स्थानीय सरकारले बिद्यालयहरुमा बिदा समेत दिने जनाएको छ ।

‘स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल’लाई उत्सवका रुपमा लिन आब्हान गर्दै कार्यबहाक नगरप्रमुख बिरेन्द्र कुमार शाहले उक्त जानकारी समेत पत्रकार भेटघाटमा गराएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

कार्यक्रमबारे थप जानकारी दिंदै कृष्ण मावि कौशिलानगरका प्रधानाध्यापक दीलिप ओलिले संस्थागत २४ र सामुदायिक १३ गरि जम्मा ३७ बिद्यालयका ८१९ जना बिद्यार्थीले खेलकुदमा भाग लिने बताएका छन् । उनले एथलेटिक्सतर्फ १३ खेल तथा भलिवल र कबड्डी २ खेल गरि जम्मा १५ खेल खेलाईने समेत जनाए ।

संघको एक लाख, स्थानीय सरकारको ६ लाख र ३७ बिद्यालयबाट उठने एक लाख ८५ हजार गरि कुल आठ लाख पचासि हजारको लागतमा छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्न लागिएको समेत आयोजकले जनाएको छ ।

जिल्ला समन्वय समिती बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले उद्घाटन गर्ने उक्त रनिङ शिल्डको तयारीका लागि बिभिन्न उपसमिती समेत बनाई कार्यस्थलमा खटाईसकेको तथा कोहलपुर क्षेत्रका ३७ बिद्यालयले खेलका लागि आफ्नो बिद्यालय दर्ता गरिसकेको जनाइएको छ ।

‘खेलकुदमा राज्यको निति निर्माण तह नै उदासिन रहेको’ भन्दै केहि खेल प्रेमीहरुले रनिङ शिल्ड सञ्चालन गर्न आवश्यक भौतिक पुर्वाधारको व्यवस्थापन हुन नसक्नुले प्रतियोगितालाई केहि न केहि असर गर्ने समेत जनाएका छन् ।

बिद्यालयहरुले फर्जि खेलाडि राख्ने परिपाटिलाई पूर्ण निरुत्साहित पार्ने भन्दै आयोजकले गत वर्षको रनिङ शिल्डमा गल्ति गर्ने ४ बिद्यालयलाई ३० हजारका दरले जरीवाना असुलेको स्मरण गर्दै यसपटक बिद्यालय र बिद्यार्थीको मानसम्मानमा आँच आउने क्रियाकलाप तथा फर्जि खेलाडि कुनैपनि हालतमा प्रबेश हुन नदिन १८ वर्ष कटेका बिद्यार्थीको हकमा सक्कल नागरिकता र जन्मदर्ता हेरेर मात्र खेल खेल्न अनुमति प्रदान गर्ने समेत आयोजकले जनाएको छ ।

खेलाडिहरुलाई खेल खेल्ने क्रममा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै प्राथामिक उपचारको सामाग्रि समेत बिद्यालय प्राङ्गणमा रहेको स्वास्थ्य चौकीमा ल्याईसकेको छ । पानी बिद्युत तथा अन्य अत्यावश्यक सामाग्री आपुर्ती गरिसक्ने गरि कार्यस्थलमा खटेको कोहलपुर नगरशिक्षा प्रमुख रविलाल मिजारले जनाएका छन् ।

पत्रकार भेटघाट कार्यक्रम कोहलपुर नगरखेलकुद विकास समितीका अध्यक्ष बद्धि बहादुर थापाको अध्यक्षतामा तथा कोहलपुर नगरपालिकाका कार्यबहाक नगरप्रमुख वीरेन्द्र कुमार शाह, सामाजिक बिकास समिती संयोजक ईश्वरी प्रसाद बिक, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, नगरशिक्षा प्रमुख रविलाल मिजार, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, बिभिन्न उपसमिती तथा खेलप्रेमीहरुको उपस्थितीमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन प्रचार प्रसार उपसमितीका संयोजक बिनोद भट्टराईले गरेका थिए ।